इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले लिभरपुलमाथि जित
वि.सं.२०७७ फागुन २१ शुक्रवार
2.2K
shares
shares
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले लिभरपुलमाथि जित हासिल गरेको छ । गएराती लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा चेल्सी १–० गोल अन्तरले विजयी भएको हो ।
चेल्सीको जितमा खेलको ४२औं मिनेटमा मान्सन माउन्टले गरेको गोल नै निर्णायक गोल बनेको थियो । यो जितपछि चेल्सी प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । चेल्सीको २७ खेलमा ४७ अंक भएको छ ।
त्यस्तै डिफेन्डिङ च्याम्पियन लिभरपुलको भने यस सिजनमा खराब प्रदर्शन जारी रहेको छ । लिभरपुलको यस सिजनमा यो आठौं हार हो । अहिलेसम्म २७ खेल खेलेको लिभरपुलको ४३ अंक छ र लिगमा सातौं स्थानमा झरेको छ ।





























