नेपाली कांग्रेसको तुलना अन्य पार्टीसँग हुन सक्दैन् : नेता प्रकाशमान सिंह

14.5K
shares
Nabil bank

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिवर्तनका लागि नेपाली कांग्रेसको काम अतुलनीय भएका भन्दै अन्य पार्टीसँग कांग्रेसको तुलना हुन नसक्ने बताएका छन् ।

आइतबार काठमाडौंको नयाँ बानेश्वरमा आजोजित पार्टीको अभियान अन्तर्गतको कार्यक्रममा बोल्दै अन्य पार्टीसँग कांग्रेसको तुलना हुन नसक्ने बताएका हुन् ।

वर्तमान सत्ता गठबन्धन कांग्रेसको चाहना नभइ मुलुकको बाध्यातामक अवस्थाको कारण बनेको बताए। उनले भने ‘संविधान र लोकतन्त्रमाथि प्रहार भएपछि परिस्थितिलाई समालेर संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन निर्माण गरेर जानू पर्ने बाध्यता कांग्रेसलाई आई परेकाले बनेको कुरा बिर्सन नहुने समेत बताए ।

साथै वर्तमान सरकारको मुख्य दाइत्व भनेकै संविधानलाई ट्रयाकमा ल्याउन र संविधान र कानुन बमोजिम समय सीमाभित्र निर्वाचन गराउने मुख्य अभिभारा रहेकाले सरकार तोकिएकै समयमा निर्वाचन गराउन लागिरहेको अब मुलुकको ध्यान निर्वाचन केन्द्रित भैसके समेत बताए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x