मेलम्चीमा वडा अध्यक्षका उम्मेदवारले पाउमा हजारको नोट राख्दै भोट मागेपछि..

3K
shares

काठमाडौं। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका– १० का वडा अध्यक्षका कांग्रेस उम्मेदवारले हजारको नोट मतदाताको पाउमा राख्दै भोट मागेको पाइएको छ।

वडामा जिताउन भोट माग्दै अमृत खनालले मतदाताको पाउमा हजार नोट राखेर ढोग गर्दै भोट मागिरहेका हुन्।

चुनावी प्रचारका लागि घरदैलो गरिरहेका उनले मानिसहरुको घरमा पुगेर यसैगरी भोट मागिरहेको स्थानीयको भनाइ छ। पैसा दिएर, प्रलोभन देखाएर भोट मागेको भन्दै एमालेले यो शैलीको विरोध जनाएको छ।

civil hospital
Hams Hospitals