भदौमा हुने नाडा अटो एक्स्पो २०२२ स्थगित, यस्तो छ कारण
वि.सं.२०७९ साउन ९ सोमवार
shares
Photo By: POST PHOTO:PRAKASH CHANDRA TIMILSENA/KANTIPUR
काठमाडौँ । आगामी भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा हुने भनिएको नाडा अटो एक्स्पो २०२२ स्थगित गरिएको जनाडाले जनाएको छ ।
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का अनुसार सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्धका कारण नाडा अटो एक्स्पो स्थगित गरिएको हो ।
सोमबार एक विज्ञप्ति जारी गर्दै नाडाले सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध साउन १ गतेदेखि खोल्ने भनिएकोमा सो समयावधि अझ थप गरेर भदौ १४ गतेसम्मका लागि विस्तार गर्नुका साथै १५० सि.सि भन्दा माथिका दुई पाँगे्र सवारी साधनहरूको आयातमा समेत थप प्रतिवन्ध लगाएपछि संस्थाले बाध्य भएर यस्तो निर्णय लिनुपरेको बताएको छ ।
नाडाका अध्यक्ष धु्रव थापाको अध्यक्षतामा साउन गते काठमाडौंमा बसेको नाडाको केन्द्रीय कार्य समितिको सातौं बैठकले नाडा अटो एक्सपो स्थगित गर्ने निर्णय गरेको नाडा अटो एक्स्पो समितिका सभापति अनुप बरालले जानकारी दिए ।
































