ग्रेट वाल मोटरको हाभल जोलायनलार्ई प्रतिष्ठितANCAP (2022) सेफ्टी रेटिङमा फाइभ–स्टार प्राप्त

13.4K
shares
Nabil bank

काठमाडौं।जि.डब्लु.एम हाभल जोलायन लाई अष्ट्रेलेसियन न्यू कार एसेसमेन्ट प्रोग्राम (ब्ल्ऋब्ए) द्वारा अधिकतम फाइभ–स्टार सेफ्टी रेटिङ प्रदान गरिएको छ ।

यस परीक्षणमा जि.डब्लु.एम हाभल जोलायन लाई विभिन्न सम्भावित दुर्घटनामा जाँच गर्नका साथै उक्त दुर्घटनामा गाडीमा सवार ड्राईभर र यात्रुको सुरक्षको परीक्षण गरिएको थियो । यसका साथ साथै अरु गाडीहरुसँग ठोकिदा वा पैदलयात्री तथा साईकल चालकहरुको सुरक्षाका लागि पनि मुल्यांकन गरी उक्त रेटिङ प्रदान गरिएको हो ।

“ब्ल्ऋब्ए सेफ्टी रेटिङ ब्ल्ऋब्ए को २०२०–२०२२प्रोटोकल अन्तर्गत कडा परीक्षण र जाँच पछि दिईएको हो । हाभल जोलायन जि.डब्लु.एमका गाडीहरुमा यो फाईभ स्टार रेटिङ पाउने तेस्रो गाडी भएको छ” “ब्ल्ऋब्ए का प्रमुख कार्यकारी अधिकृत, कार्ला हुरवेगले भने । थर्ड जेन हाभल एच् सिक्स र जि.डब्लु.एम पिक–अप क्यानन (केही अन्य अन्तर्राष्ट्रिय बजारहरूमा पावर वा पी – सिरिज पनि भनिन्छ) ले पहिले नै ब्ल्ऋब्ए बाट फाईभ स्टार रेटिङ प्राप्त गरिसकेका छन् ।

जि.डब्लु.एम गाडीले सुरक्षामा दिएको जोड र यस सम्बन्धित सुविधा तथा फिचरहरुका साथ प्रिमियम ड्राइभबिलिटीले विश्वभरका उपभोक्ताको राजाईमा पर्ने विश्वास लिईएको छ ।

जि.डब्लु.एमको बारेमा

भि.जी. इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भि.जी. इम्पेक्स÷ग्रेट वाल मोटर नेपालले यी लोकप्रिय गाडीहरु नेपाल ल्याउन सफल भएको छ । ग्रेट वाल मोटर नेपालले आफ्ना बिक्री र बिक्री पछिको स्तरीय सेवाहरुलाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ । कम्पनीले उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकल इकोसिस्टमलाई अगाडि बढाउनमा केन्द्रित रहेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x