अधिकृतविरुद्ध करोडौं रुपैयाँ भ्रष्टाचार गरेको मुद्धा…

Ghorahi cement

काठमाडौं।शाखा अधिकृत गणेश प्रसाद पोखरेलविरुद्ध एक करोड छ लाख तेत्तीस हजार तीन सय उनान्चालीस रूपैंया बयानब्बे पैसाको भ्रष्टाचार मुद्धा दायर गरिएको छ ।

पोखरेलले ४६ साल असार १ गतेदेखि ७८ साल फागुन १५ सम्ममा आर्जित रकममध्ये एक करोड छ लाख तेत्तीस हजार तीन सय उनान्चालीस रूपैंया बयानब्बे पैसाको स्रोत नखुलेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

पोखरेल लामो समय यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चावहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख (हाल राष्ट्रिय भूमि आयोग, ताहाचल, काठमाडौमा कार्यरत) छन् ।

उनले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा आम्दानीभन्दा बढी आर्जित रकम एक करोड छ लाख तेत्तीस हजार तीन सय उनान्चालीस रूपैंया बयानब्बे पैसाको स्रोत नदेखिएको भन्दै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले उनलाई एक करोड छ लाख तेत्तीस हजार तीन सय उनान्चालीस रूपैंया बयानब्बे पैसा कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएवमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुनका साथैं श्रोत नखुलेको सम्पत्ति पोखरेलले आफ्नो श्रीमती बिमला न्यौपाने पोखरेलको नाममा हाल कायम रहेका सम्पत्तिबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १६ (ग), दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत वा असुल उपर गर्न विशेषमा माग दावी गरिएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro