लघुकथा : चिताग्नि

290
shares
Nabil bank

 

 

 

“को आएछ ?”

थाहा पाउँनु भएन, ऊ त हाँस्दै आएछ । घर आँगन, चोक अनि गल्ली गल्लीमा कति मिठो मुस्कान, झोलाभरि खुसीको इत्तर छर्दै आएछ । सुगन्ध आएन र ? उनले उपहास गरिन् ।

“हैन के भन्छे यो, को आयो, खोई खोई ?” आमाले पर क्षितिजतिर नजर दौडाउँनुभयो ।

“पिडामा मलहम लगाउँन, थकित मनलाई केही विश्राम दिन, दु:ख बिर्साउँन संस्कृतिको उपमा लिएर, ऊ आएछ ।” उनले फेरि लिङ्गे पिङमा नजर अड्याइन् ।

आमाले भेउ पाउनुभयो, भन्नुभयो, “कति घुमाउरो पाराले भनेकी, अलि छर्लङ्ग भने भैगो त ? बुझेँ क्या, दशैं भन न दशैँ ।“ उहाँको ओठमा  मन्दहास आयो

उनले अवगत गराईन्, भनिन्, “आज चाडै नै भान्सा सकेर मञ्चन हेर्न जानुपर्छ है, बडो कलात्मक हुन्छ । कृत्रिम पात्र उभ्याएर गरिएको नाटक, देवी दुर्गाले असत्यमाथि सत्यले कसरी विजय गरेकी थिइन् ? अनि भगवान् श्रीरामले रावणमाथि गरेको विजय, धार्मिक प्रसङ्ग देखाइन्छ ।“ उनले बताइन्

 

उहाँले उत्कण्ठाले भरिएको नजरले हेर्नुभयो, विचारशील हुँदै भन्नुभयो, “रावण दहनको कार्यक्रममा प्रमुख अतिथि को रहेछन्, हँ ?” आमाले उत्सुकता देखाउँनुभयो

उनले पुलुक्क हेरिन्, धीर स्वरमा बोलिन्, “नेता रे क्या ! चिताग्नि त आफ्नैले दिन्छन् ।“ उनी मौन भइन्

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x