लघुकथा :शान्तिको साम्राज्य

232
shares
Nabil bank

  -ईश्वर पोखरेल

हेमलालको दैनिकी सधैं उही : दिनभर रक्सी खाने, मात्ने, राति ढिलो घर आउने, अनि घर आएपछि श्रीमती र छोराछोरीलाई पिटाइ, भाँडाकुडाको तोडफोड र चर्को गाली।

बिहान मातले छाडेपछि भने उसको एउटै रटान हुन्थ्यो :
“घरमा शान्ति हुनुपर्छ। परिवारमा शान्तिको साम्राज्य हुनुपर्छ।”

जेठोले बाबुको यो बचन पूरा गर्न सकेन ।

माइलो भने घोरिएर सोच्न थाल्यो। उसले समाजमा देखेकै थियो– आँखा नदेख्नेलाई नेत्रलाल भनिन्छ; भिखारीलाई धनकुवेर र फटाहालाई सज्जनप्रसाद।

गाउँमा भीमा भन्ने एउटी झगडालु केटी थिई– जोसंग पनि निहुँ खोज्ने, मुख छाडिहाल्ने, हात हालीहाल्ने।

माइलाले भीमालाई नै बिहे गरेर ल्यायो । र, उसको नाम राखिदियो – शान्ति।

बाबुले जे भनेका थिए; त्यो पुग्यो।

अचेल हेमलालको घरमा साँच्चै शान्तिकै साम्राज्य छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x