सार्वजनिक खरिद सुधारको कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने –सचिव डा. दामोदर रेग्मी
वि.सं.२०८० भदौ १९ मंगलवार
shares
सार्वजनिक खरिदको कार्य जटिल र प्राविधिक विषय भएकोले यो जटिलतालाई सरल बनाउने कार्यको शुरुवात भएको छ यसमा सार्वजनिक खरिद ऐनलाई प्रदेश र स्थानीय तहको आवश्यकता अनुरुप सामयिक बनाइने सरल खरिद कार्यविधिको निर्माण गरिने र सवै नमूना बोलपत्र काजगातहरुलाई नेपाली भाषामा बनाइने वषयहरु प्राथमिकतामा रहेका छन् ।
नेपाल राष्ट्र बैंकका खरिद कार्यमा संलग्न कर्मचारीहरुको लागि आयोजित प्रोक्योरमेन्ट क्लिनिक तथा सार्वजनिक खरिद ऐन नियमावली र नेपाल राष्ट्र बैंक खरिद विनियमावलीमा रहेका खरिद प्रावधान तथा प्रकृया सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले उक्त कुरा बताएका हुन् । उनले भने सार्वजनिक खरिद सार्वजनिक वित्त व्यवस्थापनको एउटा महत्वपूर्ण आयाम हो सरल र प्रतिस्पर्धी खरिद प्रक्रियाले पूंजीगत खर्चको प्रभावकारिता बढाउन सहयोग गर्दछ यसर्थ अव सवै सरोकारवालाहरुको सहभागितामा सार्वजनिक खरिद सुधारका कार्यक्रमहरु अगाडी बढाइने छ ।
विद्युतीय खरिद प्रणालीलाई प्रयोगकर्ता मैत्रीय बनाउन समेत आवश्यक सुधारका कार्यहरु अगाडी बढाइएको उनले बताए । नेपाल राष्ट्र बैंक ले आफ्नो खरिदलाई प्रतिस्पर्धी र पारदर्शी बनाउनुको अतिरिक्त सवै बैक तथा वित्तीय संस्थाहरुलाई खरिद सम्बन्धी मूल कानून सार्वजनिक खरिद ऐनका मूलभूत मान्यताहरुलाई अवलम्बन गर्ने वातावरण तयार गर्न अग्रसर हुनु पर्ने कुरा उनले बताए । सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव उमेश ढुंगानाले सार्वजनिक खरिदलाई थप व्यवस्थित वनाउन विद्युतीय खरिद प्रणाली प्रयोगमा ल्याइएको र यसमा क्रमिक सुधार हुदै गैरहेको वताए । निर्देशक इन्द्र प्रसाद मैनालीले सार्वजनिक खरिदका सवै चरणहरुमा विद्युतीय खरिद प्रणाली प्रयोग गर्नु पर्ने वताए । निर्देशक कृष्ण पन्तले सार्वजनिक खरिद लाई प्रतिस्पर्धी र मितव्ययी बनाउन सार्वजनिक खरिद ऐन र नियमावलीमा धेरै प्रावधानहरुको व्यवस्था गरिएको वताए । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक ऋषिकेश भट्टले सचिवज्यूको पहलमा सार्वजनिक खरिद क्षेत्रमा भएका सुधारका कार्यहरुले नेपालको सार्वजनिक खरिदमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको बताए ।
कार्यक्रममा सहभागीहरुले निर्माण र परामर्श सेवाको खरिदमा भोगेका समस्याको समाधान वारेमा जिज्ञासा राखेका थिए भने सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीले सो को समाधानका उपायहरु वताएका थिए । यस प्रकारको प्रोक्योरमेन्ट क्लिनिक कार्यक्रमले सार्वजनिक खरिद कार्यमा संलग्न कर्मचारीहरुको दक्षता बृध्दि गर्न सहयोग पुग्ने र यो कार्यक्रम अति नै फलदायी भएको सहभागीहरुले वताए ।































