म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको फाइनलमा स्थान पक्का

1.1K
shares

काठमाडौं । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको फाइनलमा स्थान पक्का गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा पिएसजीलाई २–० ले पराजित गरेको सिटी समग्रमा ४–१ को जितसहित उपाधि भिडन्तमा पुगेको हो ।

 

इंग्लिस क्लब म्यानचेस्टर सिटी पहिलेपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । अवे मैदानमा भएको पहिलो लेगमा म्यानचेस्टर सिटी २–१ ले विजयी भएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा सिटीलाई जिताउने क्रममा दुवै गोल रियाद महरेजले गरेका हुन् ।

civil hospital
Hams Hospitals