आज नेपाली कांग्रेसको चियापान कार्यक्रम
वि.सं.२०८० कात्तिक ११ शनिवार
2.1K
shares
shares
काठमाडौं । नेपाली कांग्रेसले आज शनिबार दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन शुभकामना आदान प्रदान तथा चियापान आयोजना गर्न लागिएको कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
कांग्रेसले हरेक वर्ष कोजाग्रत पूणिर्माको अवसरमा गर्ने चियापान कार्यक्रम यस वर्ष पनि जारी राखेको हो ।



























