सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो ?
वि.सं.२०८० कात्तिक १२ आइतवार
1.3K
shares
shares
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रुपैयाँ रहेको छ ।
सुनको यो मूल्य हालसम्मकै उच्च हो । यसअघि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ४१५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।




























