आज पनि घट्यो सुनको मूल्य
वि.सं.२०८० कात्तिक १४ मंगलवार
966
shares
shares
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज पनि घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज पाँच सय रुपैयाँले घटेको हो । सोमबार पनि सुनको मूल्य पाँच सय रुपैयाँले घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १६ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ४५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४२० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।





























