घट्यो सुनको मूल्य
वि.सं.२०८० मंसिर २६ मंगलवार
17.5K
shares
shares
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला ६०० रुपैयाँले सस्तिएको छ । छापावाल सुन प्रतितोला १ लाख १६ हजार ३०० र तेजाबी सुन १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) छापावाल सुन प्रतितोला १ लाख १७ हजार र तेजाबी सुन १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने स्थिर छ । महासंघका अनुसार चाँदीको भाउ प्रतितोला १४१० रुपैयाँ कायम भएको छ ।
Subscribe
0 Comments
Oldest

































