आजको मौसम कस्तो छ थाहा पाउनुहोस्

1.4K
shares

काठमाडौँ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

बिहानको समयमा देशका पूर्वी तराई र पश्चिम तराईका एक-दुई स्थानमा लागेको हुस्सु मध्यान्न सम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेको छ ।

 

 

 

राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ।

civil hospital
Hams Hospitals