६९औं मिस युनिभर्सको उपाधि मेक्सिकोकी एन्ड्रिया मेजालेलाइ
वि.सं.२०७८ जेठ ४ मंगलवार
1.1K
shares
shares
काठमाडाैं । ६९औं मिस युनिभर्सको उपाधि मेक्सिकोकी एन्ड्रिया मेजाले जितेकी छन् ।
अमेरिकाकाे फ्लोरिडास्थित हार्ड रक होटल एन्ड क्यासिनोमा भएको प्रतियोगितामा विश्वभरका ७० जना बढी सहभागीलाई पराजित गर्दै २६ वर्षीया एन्ड्रियाले ताज हात पारेकी हुन् ।
आठ जनाको प्यानलले एन्ड्रियालाई मिस युनिभर्स घोषणा गरेका थिए ।
मिस युनिभर्स प्रतियोगिताको कार्यक्रम अमेरिकी कलाकार मारियो लोपेज र टेलिभिजन प्रस्तोता ओलिभिया कुल्पोले सञ्चालन गरेका थिए । पूर्वमिस युनिभर्सहरू चेस्ली क्रिस्ट, पौलिना भेगा र डेमी लिइग टेबोहरू प्रतियोगिताका विश्लेषक थिए ।
सन् २०२० को मिस युनिभर्स प्रतियोगिता कोरोना महामारीका कारण रद्द भएको थियो।


























