भारतीय ट्रकमा २ सय ७० किलोग्राम गाँजा, एक जना पक्राउ

11.6K
shares
Nabil bank

 

बारा । जितपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगन्जबाट ठुलो परिणामको अवैध लागु औषध गाँजासहित एक जना भारतीय पक्राउ परेका छन् । २ सय ७० किलोग्राम गाँजासहित भारत रामगढवा ग्राम धनारदिउली बस्ने १९ वर्षीय ट्रक चालक अन्तोस कुमार गिरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

 

इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको एनएल ०१ एन ३०६३ नम्बरको ट्रकलाई जाँच गर्दा ट्रकको क्याबिनमा बनाएको फल्स बटमभित्र २७ वटा प्याकेटमा लुकाइछिपाइ राखेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x