‘एउटा कुरा खोज्ने, अर्को कुरा परिणाम आएन भनेर रिसाएर हुन्छ ?: सुरेन्द्र पाण्डे

1.5K
shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले हिजो नयाँ संविधानको आवश्यकता किन पर्‍यो र आज त्यही संविधान माथि किन असन्तुष्टि बढ्यो भन्ने कोणबाट छलफल हुन आवश्यक रहेको बताउनुभएको छ ।

नेकपा एमाले नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानले आयोजना गरेको संविधान कार्यान्वयनको १० वर्ष: अनुभव, चुनौती र अबको बाटो विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै पाण्डेले के गर्नको लागि संविधान बाइयो र के आवश्यकता पुरा भएन र आज संविधान प्रति असन्तुष्टि बढेको छ भन्ने विषयमा गम्भीर छलफल हुन आवश्यक रहेको बताउनुभयो । ‘एउटा कुरा खोज्ने, अर्को कुरा परिणाम आएन भनेर रिसाएर हुन्छ ?’ उहाँले भन्नुभयो ।

नेपालको वर्तमान संविधान समावेशिता भएन, सबैको सहभागिता भएन भनेर त्यसलाई सम्बोधन गर्न बनेको पाण्डेले बताउनुभयो । संविधान बनाउने बेलामा विकासको बहस नै नभएको पाण्डेले दाबी गर्नुभयो । ‘देश बनेन भनेर छलफल भएको हो त्यो बेला ? आर्थिक विकास भएन भनेर बहस भएको हो ? त्यसको लागि संविधान चाहिएको हो त्यहाँ ? त्यो बिलकुल थिएन, समावेशी भएन भनेर खोजेको कुराबाट आर्थिक विकास भएन भन्ने रिजल्ट खोजेर कमेन्ट गरियो भने कुनै नतिजा आउँछ ? एउटा कुरालाई अर्को कुरासँग तुलना गरेर कुनै कुरा आउँदैन, त्यो समावेशिताको तस्बिर चाहिँ आयो कि आएन भन्दा आयो’ उहाँले भन्नुभयो ।

संविधान बनाउन आर्थिक विकासको लागि आर्थिक संरचना कस्तो हुनपर्छ भन्ने विषयमा छलफल नै नभएको उहाँले बताउनुभयो । ‘त्यस कारणले आर्थिक विकास भएन’, उहाँले भन्नुभयो ।

आर्थिक विकासको मुख्य ड्राइभ गर्ने निकाय कुन हो भन्ने नै नेपालमा स्पष्ट नभएको उहाँले बताउनुभयो । सबैलाई कारबाही गर्न सक्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संस्था बनाएर राजनीतिले समस्या समाधान गर्न सक्दैन भन्ने भाष्य निर्माण गरिएको उहाँको धारणा छ । बनाउनलाई संवैधानिक परिषद्ले, हटाउनलाई दुई तिहाइ’, उहाँले भन्नुभयो ।

काम गर्‍यो कि कुन बेला कारबाही हुने हो भने र कोही हस्ताक्षर नै गर्न तयार नभएका उहाँले बताउनुभयो । यस्तो संरचना बनाएर विकासको काम अघि नबढ्ने उहाँले स्पष्ट पार्नुभयो । ‘अर्थतन्त्र बनाउन बनाइएको संविधान होइन हाम्रो, समावेशी बनाउन बनाइएको हो’, पाण्डेले भन्नुभयो ।

भ्रष्टाचार नियन्त्रण हुनुहुँदैन भनेर आफूले नभनेको भए पनि त्यसको नियन्त्रण कार्यकारीले गर्नुपर्ने उहाँले बताउनुभयो । त्यो गर्ने अधिकार नहुनु र गर्न नसक्नु नै राजनीतिको असफलता भएको उहाँको धारणा छ । राजनीति प्रति नै कसैको विश्वास छैन, जब राजनीतिमा आफैँ प्रति विश्वास छैन भने त्यो राजनीतिले ड्राइभ कसरी गर्छ ? सबैभन्दा माथि राजनीतिक संस्कार चाहियो, हाम्रो समस्या राजनीतिमा नै छ, समाधान त्यहीँ खोज्नु पर्छ’, उहाँले भन्नुभयो ।

समानुपातिक निर्वाचन नराख्दैमा वा थ्रेस होल्ड बढाउँदैमा पनि एक दलको सरकार बन्न नसक्ने उहाँले बताउनुभयो । त्यसको उदाहरण भारत भएको बताउँदै पाण्डेले समस्याको समाधान राजनीति भित्रबाटै खोज्नु पर्ने बताउनुभयो । राजनीतिमा प्राविधिक कुराहरूले त्यति धेरै महत्त्व नराख्ने उहाँको धारणा छ ।

अब पुरानै कुराबाट अध्ययन गरे नहुन पनि उहाँले बताउनुभयो । अब हरेक कुरालाई नयाँ कोणबाट विश्लेषण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । वर्ग परिवर्तन भइसकेकोले अब त्यसलाई त्यही कोणबाट विश्लेषण गर्नुपर्ने पाण्डेले बताउनुभयो ।

civil hospital
Hams Hospitals