प्रभास स्टारर ‘सालार’ मा जोन
वि.सं.२०७८ जेठ १३ बिहीवार
1.9K
shares
shares
एजेन्सी । अभिनेता प्रभास स्टारर चलचित्र ‘सालार’ यस वर्षको बहुप्रतिक्षित चलचित्र अन्तर्गत पर्छ । चलचित्रको पहिलो भाग छायांकन सकिएको छ ।
दोस्रो सेड्युललाई हाल चलेको दोस्रो लहरको कोरोना भाइरसले रोकेको छ । खबर अनुसार निर्देशक प्रशान्त नीलले यस चलचित्रको खलनायकको रूपमा जोन अब्राहमलाई आग्रह गरेका छन् । जोनको प्रतिक्रिया भने अहिले सम्म आएको छैन ।
यस चलचित्रमा श्रुति हसन प्रमुख महिला कलाकारको रूपमा देखिने छिन् । चलचित्र २०२२को अप्रिल १४मा प्रदर्शन गर्ने टिमको तयारी छन् । चलचित्रलाई लिएर अहिले एक रोचक खबर सार्वजनिक भएको छ ।


























