सामूहिक बलात्कारको आरोपमा एक भारतीयसहित तीनजना पक्राउ

10.1K
shares
Nabil bank

 

मोरङ । मोरङको जहदा गाउँपालिकामा अर्धचेत अवस्थामा फेला परेकी युवतीमाथि बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार दिउँसो गाउँपालिका-३ स्थित जयरामपुरमा भएको घटनामा एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कटहरी गाउपालिकाका १४ का मोहम्मद रमजान, सोनुकुमार दास र भारतको अररियाका मोहम्मद गुल्जार रहेका छन् । मंगलबार बिहान २३ वर्षीय युवती घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन् ।दिउँसो मध्यान्ह करिब साढे १२ बजे बेपत्ता अवस्थामा रहेकी महिलालाई कटहरी गाउँपालिका-२ कदमगाछिस्थत बासझ्याङमा अर्धचेत अवस्थामा फेला परेकी थिइन् ।स्थानीय र प्रहरीले युवतीलाई मुखमा कपडाले बाँधेर हातखुट्टाबाधेको अवस्थामा फेला पारेका थिए । उनको कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x