अध्यक्षसहित ६ जनाविरुद्ध जबरजस्ती करणी, पुर्पक्षका लागि थुनामा

9.6K
shares
Nabil bank

 

सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपक धितालको इजलासले उनीसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो।

नवनिर्वाचित अध्यक्षसहित ६ जनाविरुद्ध जबरजस्ती करणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति बेपत्ता गरेको सम्बन्धी दुईवटा मुद्दा दर्ता भएको छ ।वडा अध्यक्ष साहसहित अर्का आरोपी शिक्षक राजनारायण साहलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने अदालतले आदेश दिएको छ ।नवनिर्वाचित वडा अध्यक्ष साह २० मंसिरमा शपथ समारोहबाटै पक्राउ परेका थिए ।साहसहितको समूहले सन्तोषकी कुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप छ । आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका भाइ १३ वर्षका नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको उनीहरुमाथि आरोप छ ।

फागुन २०७९ मा डाक्नेश्वरी नगरपालिका–१ माधोपुर टोलस्थित आँपको बगैँचाबाट मुखमा रुमाल कोचेर नितिशलाई अहपरण गरी बेपत्ता बनाइएको आरोप छ । नितिशको अवस्था अझैसम्म अज्ञात छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x