एआईजी कडायत अनुसन्धान र केसी प्रदेश समन्वय विभागमा पदस्थापन
वि.सं.२०८१ पुस २९ सोमवार
966
shares
shares
काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका दुई डीआईजीको पदस्थापन भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार एआईजी कुवेर कडायत अपराध अनुसन्धान विभाग र रविन्द्र केसीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको हो ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।उनीहरु आगामी चैत ५ गते अनिवार्य अवकासमा जाने छन्।
वीवाइडी गाडीका नाममा साइमेक्सको लुट :- कर छलीदेखि कालोबजारीसम्म




























