आफैँलाई गोली हानेका प्रहरी जवान विष्टको उपचारका क्रममा मृत्यु

14.5K
shares
Nabil bank

 

कञ्चनपुर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल विष्टको मृत्यु भएको छ ।आफैँले आफैँलाई गोली प्रहार गरेका प्रहरी जवान विष्टको उपचारका क्रममा मृत्यु भएको हो ।कैलालीको निशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।माघ ९ गते बुधबार राति कोत गादरमा (हतियार राखिने ठाउँ) ड्युटीमा रहेका बेला विष्टले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए ।

गोली लागेर गम्भीर घाइते भएका उहाँलाई तत्कालै उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिए पनि उपचार हुन नसकेपछि कैलालीको निशर्ग अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x