पूर्वमुख्यमन्त्री रावलमाथि रास्वपा कार्यकर्ताले गरे दुर्व्यवहार

13.4K
shares
Nabil bank

 

कञ्चनपुर । सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् ।

शनिवार दैजी चोकमा पूर्वपश्चिम राजमार्गमा उनी सवार गाडी रोकेर दुर्व्यवहार गरिएको हो । तोडफोडको प्रयास गरिएको र गालीगलौज तथा हातपातको धम्की दिइएको रावलको सचिवालयले जनाएको छ ।सचिवालयले घटनालाई कानुनी राज्यको अपमान भन्दै नेपाल प्रहरी मूकदर्शक बनेको आरोप लगाएको छ । साथै, घटना अतिरञ्जित गरी सामाजिक सञ्जालमा प्रचार गरिएको भन्दै भर्त्सना गरिएको छ । उक्त घटनाको घोर निन्दा गर्दै रावलको सचिवालयले दोषीलाई कारबाहीको मागसमेत गरेको छ ।रास्वपाले सरकारी नम्बर प्लेटका गाडीहरूको निगरानी गर्ने कार्यक्रम राखेको थियो । सोही क्रममा रावलको गाडी रोकेपछि विवाद उत्पन्न भएको थियो । घटनामा संलग्न रास्वपाका कार्यकर्ता केशव पन्तलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x