सीटीईभीटीका उपाध्यक्ष बरालको नियुक्ति सर्वोच्चद्वारा बदर
वि.सं.२०८१ माघ २१ सोमवार
12.7K
shares
shares
काठमाडौं । सर्वोच्च अदालतले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)मा उपाध्यक्ष ओमप्रसाद बरालको नियुक्ति निर्णय बदर गर्न आदेश दिएको छ ।प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नृपध्वज निरौलाको इजलासले उनलाई नियुक्ति गर्ने ६ मंसिरको मन्त्रिपरिषद्को निर्णय बदर गर्न आदेश दिएको हो ।
नियुक्तिको सिफारिस हुनासाथ उनको योग्यतामाथि प्रश्न उठेको थियो ।प्राविधिक शिक्षा एवं व्यवसायिक तालिमको क्षेत्रमा १५ वर्ष काम गरेकाहरू मात्रै योग्य हुने व्यवस्था रहेकोमा कम योग्यता भएको व्यक्तिलाई सिफारिस गरिएको भनी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।त्यही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले नियुक्ति बदर गर्न आदेश दिएको हो।
Subscribe
0 Comments
Oldest































