भूमि अध्यादेश देश र जनता लुट्न ल्याएको हो : खनाल
वि.सं.२०८१ फागुन ४ आइतवार
13K
shares
shares
काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले ब्रह्मलुट गर्नका लागि अध्यादेश ल्याएको आरोप लगाएका छन् ।नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता समेत रहेका खनालले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै यस्तो आरोप लगाएका हुन् ।
उनले दुई तिहाई बहुमत हुँदा पनि वैज्ञानिक भूमिसुधारतर्फ ध्यान नदिइएको उल्लेख गरे ।‘हामीले दुई तिहाई बहुमत हुँदा वैज्ञानिक भूमिसुधार गर्न सक्थ्यौं,’ खनालले भने, ‘तर अहिले सरकारले सुधार गर्नुको सट्टा ब्रह्मलुट मच्चाउने अध्यादेश ल्याएको छ। कृषिलाई आधुनिकीकरण गर्नुपर्ने बेला उल्टै किसानले बजार नपाउने स्थिति छ।’उनले भूमि सुधारमार्फत कृषिमा क्रान्ति गर्नुपर्नेमा सरकार उल्टै अध्यादेश ल्याएर अनियमितता गर्ने प्रयासमा रहेको जिकिर गरे।
Subscribe
0 Comments
Oldest


































