सिंहदरबार न्यूजको प्रभाव: विमानस्थलका प्रमुख भट्टराई अख्तियारको नियन्त्रणमा

23.9K
shares
Nabil bank

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । बुधबार केहीबेरअघि अख्तियारले उनलाई टंगालस्थित कार्यालयमा लगेको हो ।

 

उनको सुरुमा भ्रष्टाचारको सम्वन्धमा समाचार सिहदरवारन्युजले फेरि सुरु भयो विमानस्थल अध्यागमन कर्मचारीको सहयोगमा फर्जी कागजातको प्रयोग विमानस्थल अध्यागमनमा यसरी हुने रहेछ सेटिङ्ग शिर्षकको समाचार प्रकाशित गरेको थियो। सोहि समाचारको प्रभावकै कारण उनलाई अख्तियारले आज नियन्त्रणमा लिएको छ।

 

भट्टराईलाई मंगलबार बेलुका आकस्मिक रूपमा गृह मन्त्रालयमा सरुवा गरिएको थियो । गृह मन्त्रालयले उनको स्थानमा पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

 

भट्टराईमाथि भिजिट भिसामा दुबईलगायतका मुलुक जानेबाट रकम असुल्ने गरेको आरोपमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा अख्तियारले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

फेरि सुरु भयो विमानस्थल अध्यागमन कर्मचारीको सहयोगमा फर्जी कागजातको प्रयोग

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x