काजमा जाँदा पैसो उठाएको उजुरी हुँदापनि सहरीका उपसचिव उपाध्याय ठालु
वि.सं.२०८२ जेठ १९ सोमवार
shares
काठमाडौँ । सहरी विकास मन्त्रालयका उपसचिव बैकुण्ठ उपाध्यायको कर्तुतले मन्त्रालय नै दुर्गन्धित हुन थालेको छ । पैसोमैत्री उपसचिवको पहिचान बनाएका उपाध्याय भोजपुर र सङ्खुवासभामा सहरी विकास मन्त्रालय अन्तर्गतको जिल्लास्तरको कार्यालयमा काज लिएर गएको र पैसा उठाएको भनेर प्रधानमन्त्री कार्यालयमा गत फागुनमा उजुरीसमेत परेको थियो ।
तर, पहुँचको भरमा उनलाई केही कारवाही भएन । उजुरी नै ढिसमिस बनाइदिए उपाध्यायले । हरेक काममा कमिसनमात्रै खोज्ने उपाध्यायले दुःख दिएका सेवाग्राही धेरै छन् । उनीहरूले शहरी विकास मन्त्रालयमा पनि उजुरी गरेका छन् । ठेकेदारसँग रकम असुलेर हैरान बनाएको पनि उनमा आरोप छ ।
शहरी विकास मन्त्रालयमा मात्र होइन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा रहँदा पनि अवैध काम गर्ने कर्मचारीमा गनिएका थिए । त्यहाँ मन्त्री मोहम्मद इस्तियाक हुँदा सडक विभागको कर्मचारी प्रशासनमा बसेर अवैध असुलीमा रमाएको उजुरी पनि उनकाविरुद्ध परेको थियो ।
मन्त्रीको निजी सचिवालयमा समेत प्रभाव पारेर अकूत आम्दानी गरेका उपाध्यायले मन्त्रीलाई पनि प्रभावमा पारेको एक कर्मचारीले बताए ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:
































