न्यायाधीशलाई कालो मसी छ्यापियो : अफताब आलमलाई सफाइ दिएपछि नेकपा कार्यकर्ताको आक्रोश

24.2K
shares
Nabil bank

काठमाडौँ ।नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई मानवता विरुद्धको अपराध अभियोगमा सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुशीराम थारुलाई नेकपा निकट कार्यकर्ताहरुले कालो मसी छ्यापेका छन्।

 

बिहीबार अदालत कक्षभित्रै न्यायाधीश थारुको चेम्बरमा प्रवेश गरेर नेकपा बहुमत समूहका केही कार्यकर्ताले मसी छ्यापेका हुन्। थारुले पूर्व सांसद आलमलाई निर्मम बमकाण्डसम्बन्धी मुद्दामा दोषमुक्त ठहर गरेपछि सामाजिक सञ्जालदेखि सडकसम्म विरोध चुलिँदै गएको थियो। त्यही असन्तोषको प्रतिफलस्वरूप उक्त आक्रमण भएको बताइएको छ।

 

प्रत्यक्षदर्शीका अनुसार मसी छ्याप्ने समूहले ‘न्यायको हत्या भएको छ’ भन्दै नाराबाजी पनि गरेका थिए। अदालत परिसरमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरूले तुरुन्तै हस्तक्षेप गरी अवस्था नियन्त्रणमा लिएका थिए। घटनापछि अदालत परिसरमा तनावग्रस्त अवस्था देखिएको छ।

 

पर्सा प्रहरीले घटनामा संलग्नहरूको खोजी तीव्र पारिएको जनाएको छ। प्रहरी प्रमुखका अनुसार अदालतभित्र हिंसात्मक कार्य गर्नु कानुनी अपराध हो र दोषीलाई कारबाही गरिनेछ।

 

यसअघि रौटहटको राजपुर बमकाण्डमा पूर्व सांसद आलमसहित अन्य १२ जनाविरुद्ध अभियोग लागेको थियो। तर हालै उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले आलमलाई प्रमाण अभावमा सफाइ दिएको थियो।

 

घटनाले न्यायपालिकाको स्वतन्त्रता र सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ भने विभिन्न कानुनी संघ–संस्थाहरूले यसको भर्त्सना गरेका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x