श्रीमान टेलिकमको भ्रष्टाचार मुद्दामा श्रीमतीलाई निमित्त प्रवन्धको जिम्मेवारी 

10.7K
shares

 

काठमाडौ । श्रीमान टेलिकमको भ्रष्ट्राचार मुद्दामा परे लगत्तै श्रीमतीलाइ टेलिकम को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको छ । यस्ले सरकारको सुशासनमा प्रश्न चिन्ह खडा गरेको छ ।

 

बिलिङ प्रणाली खरिदमा भ्रष्ट्राचार गरेको अभियोगमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएपछि सविना मास्के प्रधान निमित्त प्रबन्ध निर्देशक बनेकी छन् ।

सूचना तथा सञ्चार मन्त्रालयले प्रधानलाई नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा पहाडीसहित १७ व्यक्ति र एक कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

निमित्त प्रबन्ध निर्देशक बनेकी प्रधान तिनै व्यक्ति हुन्, जसले बिलिङ प्रणाली खरिदमा भ्रष्टाचारको मुद्दामा बयान दिएकी थिइन् ।

प्रमुख प्राविधिक अधिकृतको रुपमा कार्यरत प्रधानका श्रीमान् अमुल प्रधान पनि यही मुद्दामा परेर निलम्बनमा परेका छन् । अमुल तत्कालीन निमित्त निर्देशक पदमा कार्यरत थिए ।

३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँ बिगो कायम गरी उनीहरू १४ जनाविरुद्ध नै बिगोबमोजिम जरिवाना तथा हानिनोक्सानी भइसकेको ९ करोड ८८ लाख ४१ हजार ९ सय ५६ रुपैयाँ असुलउपर गर्न मागदाबीसहित अभियोगपत्र दायर गरिएको छ ।

मुख्य कसुरदारको अभियोग लगाइएका उनीहरू सबैलाई १० देखि १४ वर्षसम्मका दरले कैद सजाय हुनुपर्ने अख्तियारको मागदाबी छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्ट्राचार र अनियमिततामा हालका दिनहरुमा आक्रामक रुपमा प्रस्तुत भैरहेको बेलामा सरकारले आयोगलाई सहयोग गर्नुको सट्टा विवादित ब्यक्तिलाई स्वार्थ बाझिने गरि नियुक्ति दिनु आफैमा शंकास्पद रहेको छ ।

civil hospital
Hams Hospitals