सिंहदरवारन्यूजको प्रभावः मालपोत छोड्दा जागिरबाटै राजिनामा  

2.9K
shares

 

पोखरा । सरुवा भएको महिनौं हुँदा पनि रमान नलिई मालपोत कार्यालयमै बस्ने सुब्बा साप बरु राजिनामा दिन तयार भए तर, मालपोत कार्यालय छोडेनन् । तीन महिना अघि नै सरुवा भएका मालपोतका सुब्बाहरु रमाना नलिई कास्की मालपोतमै काम गरिरहेको सिंहदरवारन्यूजले लगातार समाचार प्रकाशन गरेको थियो ।

 

मालपोत कार्यालय कास्कीमा कार्यरत नायब सुब्बा धर्मदत्त सुवेदीको २०८२ जेठ १ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको हो । २०४३६७ कर्मचारी सङ्केत नम्बरका सुवेदीलाई सरुवा गरिएको हो । तर, उनीले रमाना नै लिएनन् । सुवेदी मात्र होइन मालपोत कार्यालय कास्कीका १८५२४१ कर्मचारी सङ्केत नम्बर भएका नायबसुब्बा दीपक सुवेदीको पनि सरुवा भएको हो । २०८१ चैत्र ६ गते नै मन्त्रालयले सरुवा गरेको पत्र कास्की मालपोतमा पठाएको थियो ।

 

तर, उनी पनि अहिलेसम्मै कास्की मालपोत मै उठ्तीपुठ्ती गरिरहेका छन् । उनको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ ।

 

अर्का नायब सुब्बा सङ्केत नम्बर ११७६९० रहेका डिल बहादुर क्षत्रीको पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कृषि मन्त्रालयमा सरुवा गरेको पत्र पठाएको छ । उनलाई पनि गत जेठ १ गते सरुवा गरेर पत्र पठाइएको हो । तर, उनी मालपोतमा अतिरिक्त आम्दानी गरेर कार्यालय प्रमुखलाई पनि खुशी पारिरहेका छन् । जसमध्ये एकजनालाई प्रमुखले रमाना दिएको स्रोतले बतायो । अर्का एक सुब्बा भने मालपोत छोड्न परेपछि राजिनामा दिन तयार भएका छन् ।

 

अब सुब्बा दिपक सुवेदी मात्र बाकी रहेको मालपोत कार्यालय कास्कीस्रोतले जानकारी दियो।

 

सुवेदीलाई त्यहाँका प्रमुख चिरञ्जीवी पौडेलले रमाना नदिएर राखेको बताईन्छ ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

मालपोतमा अवैध कुम्ल्याउने सुब्बाहरुले सरुवाको  तीन महिना बित्दा  पनि रमाना लिएनन्,डिजि आफै सेटिङ मिलाउन व्यस्त

civil hospital
Hams Hospitals