कम्पनी रजिस्टार कार्यालयमा विवादित सुवेदीलाई कामुको जिम्मेवारी पछि झन् भद्रगोल

6.5K
shares

 

काठमाडौं । कम्पनी रजिस्टार कार्यालयमा पछिल्ला दिनमा पुनः अव्यवस्था र भ्रष्टाचारको गम्भीर आरोप लागेका छन् । सुरुवाती चरणमा ‘टप टेन’ मात्र सेवा सञ्चालन गरेको कार्यालयले सिंहदरवारन्यूजले समाचार प्रकाशन गरेपछि ‘टप २५’ पुगाएको थियो । तर, यो प्रणाली खुला गरेर पुरानै भ्रष्टाचारजन्य प्रवृत्ति दोहोर्याएको भन्दै आलोचना बढेको छ ।

 

 

कर्मचारी सरुवा र कारबाहीपछि कार्यक्षमता घटेको छ । ३२ जना कर्मचारीको सरुवा र ३ जनामाथि कारबाही भए पनि नयाँ सरुवा भएर जानुपर्ने कर्मचारीहरू कार्यालयमा उपस्थित नभएको कारण नियमित काम प्रभावित भएको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।

 

कार्यालयमा अनियमितता भएको अरोप पछि धेरै कर्मचारी सरुवा भयो । तर, विवादका मुख्य दोषीलाई भने अझै त्यही राखिएको छ । अझ उनलाई कायम मुकायम बनाईएको छ । यसले साधुलाई सुली चोरलाई चौतारो भन्ने उखान चरितार्थ भएको छ । बिगतमा सम्पूर्ण प्राबिधिक प्रकृया आफ्नो कमाण्डम राखेर कर्मचारीबाटै रकम असुली रहेका देविप्रसाद सुवेदी अहिले पनि मस्ती मारिरहेका छन् । सर्वसाधारणको काम भन्दा पनि ठूलो घरानाका काममा मात्र चासो राखेर अहिले पनि रजिष्टार कार्यालय भताभुङ्ग वनाउने काम गरिरहेका छन् । तर, उनलाई मन्त्री दामोदर भण्डारीकै संरक्षण भएका कारण सुवेदीले मस्ती मार्न सकेको एक कर्मचारीले बताए ।

 

 

कामु रजिस्टार देवी सुवेदीले ‘आधा घण्टामा सम्पूर्ण काम सक्ने’ भनेर प्रचारबाजी गरे पनि सेवाग्राहीहरूले कार्यालयमा ढिलासुस्ती र सेवामा विभेद भइरहेको बताइरहेका छन् ।‘सेटिङ भएको व्यक्तिको काम छिट्टै हुन्छ, तर नियमअनुसार आउने सेवाग्राहीलाई ‘हामी नयाँ छौँ, कर्मचारी छैन’ भन्दै बहाना बनाइन्छ,’ सेवाग्राहीको आरोप छ ।

 

 

सुवेदीलाई निरन्तर सरुवा नगरी पदमै राखिएको र उनले मन्त्रालयदेखि अन्य तहमा ‘सेटिङ’ मिलाएको समेत खुलेको छ । मन्त्रालयवाट अनुगमन गर्दा पनि सुवेदी भने पहँुच र पैसाको भरमा जोगिएका छन् ।

 

 

उसो त सुवेदीले आफ्नै श्रीमतीलाई कार्यालयमा काम लगाएको पनि आरोप छ । अनि सञ्चारमाध्यममा अरु विरुद्ध समाचार लेखाएको एक कर्मचारीले बताए । सरुवा भएका कर्मचारीबिरुद्ध सञ्चारमाध्यम प्रयोग गरेका छन् । सुवेदीका एक आफन्तले अन्य कर्मचारीलाई जथाभावी लेखेको अन्य कर्मचारीको आरोप छ । ‘हामीले रमना बुझाइसकेका छौँ तर सुवेदीले विभिन्न तरिकाले दबाब र अपमानको वातावरण बनाइरहेका छन् ।’

 

यसरी पदको दुरुपयोग, कार्यक्षमतामा कमी र सेटिङको कारण कम्पनी रजिस्टार कार्यालयको छवि प्रश्नमा परेको छ । केही कर्मचारीलाई मात्र निशाना वनाएर मन्त्रालयले दुर्गन्धित कर्मचारीवाटै काम चलाईरहनुले कम्पनी रजिष्टार कार्यालयमा थप वेथिति रहेको स्पष्ट हुन्छ ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

 

कम्पनी रजिष्ट्रार कार्यालयको सफ्टवेयर नै सुईक्याउने सुवेदी साप

civil hospital
Hams Hospitals