कर्मचारी सङ्गठनको अराजकता: सरकारी गाडी दुरुपयोगदेखि  सरुवामा लेनदेनसम्म

70.2K
shares
Nabil bank

काठमाडौँ ।जेन–जी आन्दोलन तीव्र बन्दै गएर सिंहदरवारनै जलाउनेसम्मको काम भएको छ । कर्मचारीतन्त्रप्रति जनताको आक्रोश धेरै बढिरहेको छ । तर, उनै कर्मचारीहरू अवैध आम्दानी र सुविधामा मस्ती मारिरहेका छन् ।

 

 

यो समयमा देशको सुशासन र प्रशासनिक प्रणालीमै अराजकता बढ्दै गएको देखिएको छ । विशेष गरी दल निकट निजामती कर्मचारी ट्रेड युनियनहरूले प्रशासनलाई राजनीतिक प्रभावमा पार्दै राज्यका स्रोतसाधन दुरुपयोग गर्ने प्रवृत्ति बढाएको आरोप अरूले लगाई रहेका छन् ।

 

सङ्घीय निजामती सेवा ऐन अझै कार्यान्वयनमा नआएको र चक्रीय सरुवाको प्रक्रिया स्थगित रहेकै अवस्थामा प्रशासनभित्र राजनीतिक चलखेल र भ्रष्टाचार मौलाएको स्पष्टै देखिन्छ ।
नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष भवानी दाहाल, जो प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिन्छन्, हाल छैटौँ तहका स्वास्थ्यकर्मी हुन् । उनी प्रधानमन्त्री कार्यालयका सहसचिव विनोद कुँवरसँग निकट सम्बन्ध भएकै कारण सरकारी गाडी प्रयोग गर्न पाएकी थिइन् ।  ओलीको भक्त भएकै कारण अध्यक्ष बनेकी दाहाल साङ्गठनिक प्रभावमा कमजोर भएको भन्दै आलोचना बढेको छ ।

 

उता सोही सङ्गठनका एक कर्मचारी लामो समय देखी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै  छन् । उनले पहिले एउटा सरकारी गाडी चढ्दै आएका थिए । तर, पछि अर्को उपसचिवको गाडी जबरजस्ती कब्जा गरी व्यक्तिगत प्रयोजनमा प्रयोग गरेका छन् ।  दुवैले प्रयोग गर्दै आएका ती सरकारी गाडीहरू सङ्गठनको बबरमहलस्थित कार्यालयमै राखिन्थे । त्यही कार्यालयमा आगलागी हुँदा दुवै गाडी जलेका छन् । आगलागीले सङ्गठनका सदस्यहरूले कठिन परिश्रम गरेर बनाएको भवनसमेत क्षति पु¥याएको छ ।

 

यस घटनाले राज्यको सम्पत्तिको दुरुपयोग र प्रशासनिक लापरबाहीबारे गम्भीर प्रश्न उठाएको छ । मुख्य सचिव एकनारायण अर्याल, सामान्य प्रशासन सचिव रविलाल पन्थ, र सहसचिव विनोद कुँवरले यस घटनामा कस्तो कदम चाल्ने भन्ने विषयमा सर्वत्र चासो बढेको छ । जेन–जी आन्दोलनका क्रममा भएका अनियमितता र दुरुपयोग घटनाको छानबिनका लागि गठन भएको उच्चस्तरीय छानबिन समितिले पनि यो घटनालाई समेट्ने कि नसमेट्ने भन्ने विषयमा चर्चा तीव्र भएको छ ।

 

विश्लेषकहरूका अनुसार, दल–निकट ट्रेड युनियनहरूले प्रशासनलाई पक्षपातपूर्ण बनाउँदै राज्यका स्रोतसाधन राजनीतिक लाभका लागि प्रयोग गर्ने प्रवृत्ति रोकिएन भने सुशासनको सपना अझै टाढा हुनेछ ।

सङ्गठनका अध्यक्ष भवानी दाहाल र महासचिव रामचन्द्र अधिकारीले सरकारी गाडी दुरुपयोग र भवनमा भएको क्षतिबारे स्पष्टीकरण दिनु पर्ने आवाज कर्मचारी वृत्तमै उठ्न थालेको छ । उनीहरूलाई तत्काल पदबाट राजीनामा गराई छानबिनलाई सहज बनाउनुपर्ने माग पनि बढ्दै गएको छ ।

 

लामो समयदेखि दादागिरी शैलीमा सिहदरवार बस्दै आएका कर्मचारी युनियनका केही सदस्यहरू सामान्य प्रशासन मन्त्रालयमा अराजकता फैलाएको आरोप छ ।

 

उपसचिव तुलसी भट्टराई, सुब्बा पुन्य ढकाललगायतका कर्मचारीहरू मन्त्रालय परिसरमै वर्षौंदेखि युनियनको नाममा बस्दै आएका छन् । मन्त्रालयका अन्य कर्मचारीलाई बस्ने कोठा नपाउँदा पनि युनियनसम्बद्ध एक कर्मचारीलाई कोठा दिइएको भन्दै असन्तुष्टि बढेको छ।

 

त्यस्तै, राकसको आड्मा दिलराम खनाल पनि सोही ठाउँमा बस्दै आएका छन्। उनीहरू नियमित काम नगरी हाजिर गरेर तलब मात्र खाने गरेको आरोप छ। यिनै कर्मचारीहरूको गतिविधिले मन्त्रालयभित्र अनुशासन र कार्यसंस्कृतिमा नकारात्मक प्रभाव परेको बताइन्छ।

 

दलीय कर्मचारीका कारण  काम गर्न कठिन भएको सामान्य प्रशासन सचिवको स्वीकारोक्ति

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x