कोरोना भाइरस नियन्त्रण गर्नको लागी फोब्र्स कोरोना गार्डबजारमा
वि.सं.२०७८ असार १४ सोमवार
shares
काठमाडौं । कोरोना भाइरस नियन्त्रण गर्नको लागी फोब्र्स कोरोना गार्डले अत्याधुनिक उपकरण सहितको कोरोना निस्क्रिय पार्ने उपकरण बजारमा ल्याएको छ । कोरोना भाइरसलाई निस्क्रिय बनाउन यस उपकरणलाई नेपाली बजारमा सहज रुपमा बिक्रि वितरणका लागी त्रिवेणी समुहद्धारा सञ्चालीत त्रिवेणी व्यापार कम्पनीले पूर्ण रुपमा जडान गरी यसको प्रभावकारीताबारे जानकारी गराउँदै विक्रिवितरण शुरु गरेको छ ।
अन्तराष्ट्रिय गुणस्तरको यस विद्युतिय कोरोनागार्ड उपकरण स्कुल, कलेज, बैंक, वित्तिय क्षेत्र, कार्यालय, मल, सिनेमाहल, हस्पिटल, रेष्टुरेष्ट तथा विभिन्न ठाँउहरुमा जडान गर्न सकिन कम्पनीले जनाएको छ । यो उकरणले वातावरणमा देखिने कोराना भाइरस तथा फ्लुहरुको उपस्थितिलाई निस्प्रभाव बनाउदै यसको जोखिम पूर्ण रुपमा निर्मुल गर्न सक्ने दावी नेपालका लागी आधिकारीक बिक्रेता त्रिवेणी व्यापारले गरेको छ ।
कम्पनीका अनुसार यो एक विद्युत किफायति उपकरण रहेको, जसको प्रयोग आफ्नो सुरक्षा अनुकुलता हेरर गर्न सकिने र यसमा कुनै रसायन केमिकलको प्रयोग भएको छैन । यसको गुणस्तरताको मापनभारत लगायत विभिन्न देशका अन्तराष्ट्रिय ल्याबहरुमा परिक्षण गरिएको छ ।
युएसइपिएका अनुसार यो ९९.९ प्रतिशत प्रभावकारी छ र यसको प्रभाव बन्द कोठमा एक हजार स्वायर फिटसम्म रहने साथै यसको परिक्षण मानव तथा जनावरहरु सबैमा गरीएको हुनाले पुर्णरुपमाप्रभावकारी रहेको त्रिवेणीले दाबि गरेको छ । यस उपकरणमा कम्पनीले एक वर्षको वारेन्टी समेत दिएकोे जानकारी गराएको कम्पनीले जनाएको छ ।




























