आज हिमाली भागमा आंशिक बदली, बाँकी भू–भागमा मौसम मुख्यतया सफा
वि.सं.२०८२ पुस ३ बिहीवार
shares
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । यसका कारण देशभरको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसहित बाँकी हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य पहाडी तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
यस्तै, आज राति पनि देशभर मौसम सामान्यतया सफा नै रहने महाशाखाले जानकारी दिएको छ । हाल कुनै पनि क्षेत्रमा उल्लेखनीय वर्षा, हिमपात वा प्रतिकूल मौसमको सम्भावना नरहेको बताइएको छ ।
मौसम सफा रहने भएकाले हवाई तथा स्थल यातायातमा सामान्य असर नपर्ने अनुमान गरिएको छ । तर, हिमाली तथा उच्च पहाडी क्षेत्रमा चिसो बढ्न सक्ने भएकाले त्यस्ता क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्नेहरूलाई आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन् ।





























