हाइकुहरू

51
shares

 

तोमनाथ उप्रेती

१.
सिंहदरबार काँप्यो
समयले शासन गर्‍यो
ढिलाइ हरायो।

२.
नौ नबज्दै दौड
हाजिरी खोज्दै मान्छे
डरले जित्यो आज।

३.
बहाना हरायो
निगरानी कडा भयो
अनुशासन आयो।

४.
पाँच नबज्दै कोही
ढोका काट्न सक्दैनन्
कानून जाग्यो अब।

५.
झट्काको शासन
व्यवस्था सीधा भयो
डरले सुधार्‍यो।

६.
हिजो ढिला आउने
आज घडीसँग दौड
बानी फेरियो।

७.
कागज सम्हाल्दै
छड्के टोली देखिँदा
मन काँप्छ भित्र।

८.
बिदा बहाना
एक्कासी हरायो
स्वस्थ भए सबै।

९.
पोशाक मिल्यो
लापरबाही हरायो
आँखा कडा छन्।

१०.
डिजिटल नजर
हरेक चाल नापिन्छ
गल्ती छुट्दैन।

११.
अल्छी कदमहरू
आज तेज चाल बने
डरले सिकायो।

१२.
शासनको आवाज
काम गर या हट
सन्देश स्पष्ट।

१३.
सुस्त गतिको देश
आज फुल स्पिडमा छ
परिवर्तन आयो।

१४.
घडीको डरले
कर्मचारी जागे
समय बलियो।

१५.
अफिसको ढोका
समयमै खुल्छ अब
नियम बस्यो।

१६.
अराजकता गयो
कडा हात उठेपछि
शान्ति बस्यो अब।

१७.
डरको अनुशासन
कति दिन टिक्ला यो
प्रश्न बाँकी छ।

१८.
छड्के हिँडिरह्यो
नाम टिप्दै खोज्दै
ढिलाइ लुक्दैन।

१९.
फाइल अघि बढ्यो
ढिलाइको जाल चुँडियो
काम बग्न थाल्यो।

२०.
झट्काले सिकायो
वर्षौंको बेथिति
एकैचोटि टुट्यो।

 

civil hospital
Hams Hospitals