हाइकुहरू

231
shares

 

 

तोमनाथ उप्रेती

 

१.
हर्मुज शान्त छैन
सुरक्षा कडा भयो
लहरि सुन्छन्।

२.
इरानको दृष्टि
जहाजमाथि निगरानी
समुद्र मौन।

३.
रातदिन पहरा
जलमार्ग सम्हालिन्छ
तनाव बढ्यो।

४.
लहरि थामिए
अनुमतिबाट यात्रा
नियम कठोर।

५.
जहाज रोकिन्छ
समन्वयपछि मात्रै
मार्ग खुल्दछ।

६.
आकाश हेर्छ
समुद्रको चाल बुझ्छ
सेनाको आँखा।

७.
गहिरो सागर
राजनीतिक तरङ्ग
भित्रै हल्लिन्छ।

८.
शक्ति प्रदर्शन
हर्मुजमा देखिन्छ
विश्व हेरिरहे।

९.
कडा निगरानी
सीमामा बढ्दो चाप
समय बदल्यो।

१०.
समुद्र निस्पट्ट
भित्र लुकेको तनाव
तरंग बोल्छ।

११.
जहाजको यात्रा
अनुमतिको प्रतीक्षा
धैर्यको खेल।

१२.
अन्तर्राष्ट्रिय
नजर यहीँ केन्द्रित
सागर चिन्तित।

१३.
तेहरान आदेश
सुरक्षा प्राथमिक
मार्ग नियन्त्रण।

१४.
शान्त लहरिमा
अदृश्य डर बग्छ
विश्व सुन्छ।

१५.
राष्ट्रको सीमा
जलमै पनि बलियो
पहरा कडा।

१६.
ऊर्जा मार्ग
विश्वको जीवनरेखा
तनावले छोयो।

१७.
कूटनीतिक स्वर
अनुमति खोजिन्छ
शान्ति चाहिन्छ।

१८.
लहरि गम्भीर
समुद्र बोल्दैन तर
अर्थ गहिरो।

१९.
सुरक्षा घेरा
हर्मुज अब कठोर
मार्ग नियन्त्रित।

२०.
समयको मोड
सागरमा राजनीति
विश्व चुप लाग्यो।

 

civil hospital
Hams Hospitals