हाइकुहरू
वि.सं.२०८३ वैशाख २२ मंगलवार
477
shares
shares
✍ तोमनाथ उप्रेती
१.
भत्केका शहर
धुवाँले ढाक्यो आकाश
मन रोइरहे।
२.
निशब्द गल्ली
मिसाइलपछिको जस्तो
डरले भरियो।
३.
टुटेका घरहरू
मानवता हरायो
चिसो सास बग्छ।
४.
खण्डहर सपना
बालबालिका हराए
आँसुको नदी।
५.
सुन्दर शहर
अवशेषमा परिणत
मौन चिच्याहट।
६.
खाली आँगन
अभिभावकविहीन
छायाँ मात्र छन्।
७.
बिखण्डित देश
धुवाँ र पीडाको गन्ध
सन्नाटा बोल्छ।
८.
रित्तो नजर
कसैको प्रतिक्षामा
टुट्यो भरोसा।
९.
अँध्यारो दिन
उज्यालो हराएको
मन थकित छ।
१०.
उराठ मन
बस्न मन नलाग्ने
घाउले शहर।



























