सर्वोच्चको नेतृत्वमा डा. मनोजकुमार शर्मा : संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस

558
shares

काठमाडौं । संवैधानिक परिषद् ले डा. मनोजकुमार शर्मा लाई सर्वोच्च अदालत को प्रधानन्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको परिषद् बैठकले न्यायाधीश शर्माको नाम प्रधानन्यायाधीशका लागि अनुमोदन गर्दै औपचारिक सिफारिस गरेको हो ।

यसअघि न्याय परिषद् ले प्रधानन्यायाधीश पदका लागि ६ जनाको नाम सिफारिस गरेको थियो, जसमा डा. शर्मा पनि परेका थिए ।

२०७६ वैशाखमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका शर्मा लामो समयदेखि न्यायिक क्षेत्रसँग आबद्ध रहँदै आएका छन् । अब उनको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्रै प्रधानन्यायाधीश पदमा औपचारिक नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

प्रधानन्यायाधीश सिफारिससँगै अब सर्वोच्च अदालतको भावी नेतृत्व, न्यायिक सुधार र संवेदनशील मुद्दाको सुनुवाइलाई लिएर कानुनी तथा राजनीतिक वृत्तमा चासो बढेको छ ।

civil hospital
Hams Hospitals