यार्सागुम्बा टिप्न गएका २५ जना नियन्त्रणमा
वि.सं.२०८३ वैशाख २५ शुक्रवार
shares
मुगु । हिमाली जिल्ला मुगुको पूर्व भेगमा पने मुगमकामारोङग गाउँपालिकामा पाहिने बहुमूल्य जडीबुटी यार्चागुम्बा टिप्नकोलागि लुकीछिपी चोर्न गएका २५ जना मानिसहरू पक्राउ परेका छन् ।
मुगु जिल्लाका विभिन्न यार्सा पाटनहरूमा यार्सागुम्बा चोर्न जाँदै गरेका २५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।
बिहीबार जिल्लाको मुगुमा कार्मारोङ्ग गाउँपालिकास्थित विभिन्न पाटनमा लुकीछिपी यार्सागुम्बा चोर्न जाँदै गरेका जुम्ला जिल्ला पातारासी गाउँपालिकाका वडा नं १ र २ का एक बालिकासहित २४ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रविराज थपलियाले बताए ।
‘विना अनुमति पाटन वन क्षेत्रमा प्रवेश गर्ने व्यक्तिलाई पक्राउ गरेका छौ, यो भन्दा अगाडी पनि जिल्ला प्रहरी कार्यालय मुगु र सम्बन्धित प्रहरी चौकीहरूको समन्वयमा ठुलो संख्यामा चोरीमा गएका व्यक्तिलाई पक्राउ गरेर सम्बन्धित स्थानमा पठाई सकेको छौु, उनले भने ।
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई सकेको पनि प्रनाउ थपलियाले जानकारी दिए ।
यार्सागुम्बा संकलनको लागि मुगुमा कार्मारोङ्ग गाउँपालिकाले हाल सम्म कुनै पनि आधिकारिक रूपमा सूचना प्रकाशित गरेको छैन । विगत वर्षहरूमा यार्सागुम्बा संकलनको लागि विभिन्न छिमेकि जिल्लाबाट अनधिकृत रूपमा लुकीछिपी वन प्रवेश गर्ने व्यक्तिलाई पक्राउ गरी सम्झाई बुझाई गरेर सम्बन्धित गाउँ घरमा फर्काउने गरिँदै आएको थियो तर यो चोटि पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर बयान लिएर हाजिरी जमानी गरेर छोडिने छ ।
यार्सागुम्बा संकलनको समय नजिकिँदै गर्दा मुगुका यार्सापाटनहरुमा सुरक्षा बढाइएको छ । यो वर्ष यार्सागुम्बा सङ्कलनका लागि जिल्लाका यार्सापाटनहरु कहिले खुलाउने भन्ने विषयमा कुनै जानकारी गरिएको छैन । मुगुमा कार्मारोङ्ग गाउँपालिकाले एक सूचना जारी गर्दै यार्सा संकलनमा यार्सापाटनहरु आधिकारिक रूपमा नखुल्दै कोही कसैलाई चोरीको लागि पाटनतिर प्रवेश नगर्न आग्रह भने गरिसकेको छ ।
मुगु जिल्लाका २ दर्जन बढी वन तथा पाटन क्षेत्रहरूमा पाइने बहुमूल्य, बहु उपयोगी जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालिकोट, अछामसहित देशभर तथा भारतबाट समेत सङ्कलक र खरिदकर्ताहरू पाटन मै पुग्ने गर्दछन् ।
यार्सागुम्बा दुर्गमका जनताहरूको प्रमुख आर्थिक स्रोतका रूपमा रहेको छ यहाँ जनता आफ्नो वर्षभरिको पारिवारिक खर्च यार्सा विक्रीबाटै जुटाउने गर्दछन् ।





























