कतै सिईयो पक्राउ, कतै म्यानेजरद्धारा आत्महत्या, यी बैंक डुब्न लागेको संकेत त होइन ?

2.6K
shares

बैंक तथा वित्तिय संस्थालाई पैसा आए पुग्छ । विगत होस् या वर्तमान, बचतकर्ताले पैसा लिएर गएपछि बैंकले खुरुक्क लिन्छ । कहाँबाट ल्याएको ? भनि सोध्दैन । बचत राख्न नसोध्ने तथा निकाल्दाचाँहि प्रश्न गरेर हैरान पार्ने । पैसा केलाई निकाल्न लागेको ? कहाँ लैजाने ? के गर्ने ? भनेर सोधिन्छ ।

५० हजार, एक लाखको चेक देख्नेबित्तिकै बैंकका कर्मचारीको प्रश्नको सिलसिला शुरु हुन्छ । केही वर्ष अगाडिसम्म एटीएमबाट एकैचोटि ५० हजार रुपैयाँसम्म निकाल्न मिल्थ्यो । त्यसपछि २५ हजार रुपैयाँ तोकियो । अहिले झारेर २० हजार रुपैयाँ पुर्याइएको छ । केही समयपछि पाँच हजारमा झार्ने चर्चा शुरु भएको छ ।बैंकहरुले तीनदेखि चार प्रतिशत ब्याज दिन्छौं भनेर बचतकर्ताबाट पैसा उठाइरहेको छ । नेपाल राष्ट्र बैंकले हप्तैपिच्छे बैंकबाट तरलता तानिरहेको छ । सो रकमको राष्ट्र बैंकले दुई प्रतिशत ब्याज दिन्छ । बाँकी भएको ब्याज बैंकले कहाँबाट ल्याएर बचतकर्तालाई दिन्छ ? बैंकले थपेर बचतकर्तालाई ब्याज दिनुपर्ने अवस्था छ ।

बैंकलाई ब्याजमै घाटा लागिरहेको छ । कर्मचारीको तलब, कार्यालयको खर्च फेरि छुट्टै छ । राज्यलाई कर पनि तिर्नैपर्यो । बैंकहरुले जति ढाकछोप गरेपनि सत्यता जनताले देखिइसकेका छन् । बैंकहरु गम्भीर आर्थिक संकटमा छन् भन्ने कुरा जनताले बुझिसकेका छन् ।बैंकहरुको पनि सहकारीकै हविगत हुने देखिएको छ । यता, बैंकले कर्जा उठाउन सकिरहेको छैन । गोल्छा अर्गनाइजेशनले पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको भृकुटी कागज कारखानाको सरकारी जग्गा राखेर बैंकबाट १२ अर्ब बढी रकम बैंकबाट ऋण लिएको छ । त्यो ऋण बैंकले कहाँबाट उठाउँछ ?

यता, विशाल ग्रुपले नक्सालस्थित बाल मन्दिरको जग्गा राखेर विभिन्न बैंकबाट अर्बौं रुपैयाँ ऋण लिएको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो नाममा ल्याइयो । त्यो जग्गामा बैंकले ३५ करोडभन्दा धेरै कर्जा लगानी गरेको थियो । त्यो जग्गा सरकारको नाममा आइसकेको छ ।बैंकले ३५ करोड ऋण कहाँबाट असुल्छ ? ललिता निवासको २६१ रोपनी जग्गा धितो राखेर बैंकहरुले चार खर्ब ८५ अर्ब रुपैयाँ कर्जा दिएको थियो । त्यो जग्गा सरकारले आफ्नो नाममा ल्याइसकेको छ । बैंकको लगानी डुब्यो कि डुबेन ? नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले स्मार्ट टेलिकमलाई ऋण दिएको थियो ।

टेलिकमको लाइसेन्स खारेजीसँगै त्यो सम्पत्ति सरकारको भयो । अब बैंकले कहाँबाट कर्जा असुली गर्छ ? सम्पत्ति नै सरकारको भइसक्यो । जलविद्युत कम्पनीको हकमा पनि त्यहीँ नै हो । जलविद्युत कम्पनी धितो राखेर बैंकहरुले अर्बौं रुपैयाँ लगानी गरेको छ । त्यो पैसा कहाँबाट र कसरी उठाउँछ ?जग्गा प्लानिङ्गमा संलग्न एउटै व्यक्तिले बैंकबाट ७५ अर्ब रुपैयाँ कर्जा लिएको बजारमा सुनिन्छ । ती ब्यक्ति फरार भएको जग्गा व्यवसायीहरु बताउँछन् । उनी भागेसँगै बैंकको कर्जा जोखिममा परेको छ । प्राप्त जानकारीअनुसार उनले ताँथलीमा जग्गा प्लानिङ्ग गरेका थिए ।

तर, जग्गा कारोबारमा मन्दीसँगै ऋण तिर्न नसकेपछि उनी फरार भए । पूर्वमन्त्री दिपक खड्काले विभिन्न ठाउँको घरजग्गा राखेर १४ अर्ब रुपैयाँ बैंकबाट ऋण लिएका छन् । यता, भाटभटेनी साहुले २८ वटा भाटभटेनी धितो राखेर विभिन्न बैंकबाट ५३ अर्ब रुपैयाँ कर्जा लगेका छन् ।उद्योग व्यवसायी महासंघका भूपूअध्यक्ष चन्द्र ढकालले ताप्लेजुङमा सात लाखमा किनेको जग्गा धितो राखेर २८ करोड रुपैयाँ ऋण लिएका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले अस्पताल र घरजग्गा धितो राखेर ११ अर्ब रुपैयाँ ऋण लिएका छन् । एमालेका नेता महेश बस्नेतले प्लानिङ्ग गरेको जग्गा धितो राखेर सात अर्ब ऋण लिएका छन् ।

सरकारी, सार्वजनिक, राजपरिवार, गुठी, ऐलानी, हदबन्दीभन्दा बढीको जग्गा व्यक्तिको नाममा लैजाने, त्यही जग्गा धितो राखेर बैंकबाट कर्जा लिने । सर्वोच्च अदालतले झापाको गिरिबन्धु टि स्टेटको सरकारी जग्गा सरकारको नाममा ल्याउन आदेश दिइसकेको छ । त्यहाँ लाखौं बिघाहा जग्गा व्यक्तिको नाममा गएको छ ।त्यो जग्गामा बैंकले खर्बौं रुपैयाँ कर्जा लगानी गरेको छ । यता, काभ्रेको साँगामा ८१७ रोपनी र धुलिखेलमा ८८ रोपनी सरकारी जग्गा धितो राखेर बैंकले अर्बौं रुपैयाँ ऋण दिएको छ । २०२१ सालअघि भएको सरकारी सम्पत्ति सरकारी कर्मचारी, भूमाफिया र राजनीतिक दलको मिलीभगतमा व्यक्तिको नाममा लगिएको छ ।

त्यही जग्गा बैंकमा राखेर कर्जा लिइएको छ । सहकारी र लघुवित्त कसरी डुब्यो ? सबैलाई थाहा छँदैछ । आँखा चिम्लेर सेयर, घरजग्गा र गाडीमा लगानी गर्न सहकारी र लघुवित्त डुब्यो । २०३८ सालसम्म नयाँ बानेश्वरस्थित मिलनचोक, शंखमुल, थापागाउँमा आनाको एक हजारमा पनि बिक्री हुँदैनथ्यो ।अहिले त्यहाँको जग्गाको भाउ आनाकै दुईदेखि पाँच करोड छ । यो बढाएको कसले ? दलालीले होइन ? त्यसमा बैंकले लगानी गरेको छ । बैंक तथा कम्पनीले एक सय रुपैयाँ प्रतिकित्तामा शेयर निकाल्छ । तर, रोचक प्रसंग के भने, बैंकले त्यहीँ सेयर धितो राखेर ३२ सय रुपैयाँ दिएको छ ।

छिमेकी देशमा २० हजारदेखि लाख रुपैयाँ पर्ने गाडीमा करोडौं लगानी गर्नुहुन्छ ? त्यही भएर आज बैंकको यो अवस्था बन्यो । कुनै बैंकका सिईयो समातिएका छन्, कुनै बैंकका कर्मचारीले आत्महत्या गरेका छन् । बैंकले आफ्नो खुट्टामा आफैं बञ्चरो हान्यो । बैंकले यो कृत्रिम मूल्य हो, हामीले लगानी गर्नुहुँदैन भनेर सोचेन ।आँखा चिम्लेर लगानी गरियो । बैंकले घरजग्गा, सेयर र गाडीबाट निरन्तर नाफा भइरहन्छ भनेर सोच्यो । तर, त्यस्तो भएन । घरजग्गा, सेयर र गाडी कारोबारमा मन्दी आएसँगै बैंक पनि संकटमा पर्यो । बैंक संकटमा पर्नु भनेको बचतकर्ताको पैसा डुब्नु हो । बैंकले यो हाम्रो होइन, जनताको पैसा हो भनेर सोचेन ।

जथाभावी लगानी गरे । अहिले त्यसकै असर बैंकहरुले भोगिरहेको छ । हिजो बैंकले ऋणीलाई मर्नु न बाँच्नु बनाउँथ्यो, अहिले बैंक आफैं त्यो बाटोमा छ । बैंकको कारणले धेरैको उठिबास लाग्यो । धेरैले आत्महत्या गरे । विस्थापित भए, देश छोडेर भागे । हिजो ऋणी मर्दा न सरकार बोल्यो न अन्य कोही ।अहिले सिईयो समात्दा विरोध जनाइरहेका छन् । बैंक फसिसकेको छ, त्यो चंगुलबाट निस्किन धेरै गाह्रो छ । बैंकले ऋण उठाउने उपाय धितो लिलाम हो । तर, त्यो लिलाम भएको धितो कसले किन्ने ? जनतासँग बिहानबेलुका छाक टार्न पैसा छैन । घरजग्गा, सेयर, गाडी सुनमा कसैले लगानी गर्दैन ।

पैसा हुनेले लुकाइसके, नहुनेसँग छँदै छैन । बैंक जञ्जालमा परिसकेको छ । बैंकको सबैभन्दा धेरै कर्जा लगानी घरजग्गा र सेयरमा छ । घरजग्गा कारोबार ठप्पजस्तै छ भने सेयरको मूल्य निरन्तर ओरालो लागिरहेको छ । यही अवस्थाले अबको केही समयमै बैंकहरु बन्द हुने अवस्थामा पुग्छन् ।सहकारी भाग्दैन, भाग्दैन भन्दाभन्दै भाग्यो । बैंकको हविगत पनि त्यही हुने देखिएको छ । त्यसैले बचतकर्ता सचेत हुन आवश्यक छ ।

civil hospital
Hams Hospitals