पैँतीस दिनभित्र ऋण चुक्ता गर्न पूर्वमन्त्री गुरुङलाई प्रभु बैंकको अल्टिमेटम

903
shares

काठमाडौं । प्रभु बैंक लिमिटेडले नेपाल कम्युनिस्ट पार्टी( नेकपा)का नेता तथा पूर्वमन्त्री अमर बाबु गुरुङलाई ऋण चुक्ता गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

 

बैंकले नेकपा नेता तथा पूर्वमन्त्री गुरुङ र जमानीकर्ता रहेकी उनकी श्रीमती रेणुका गुरुङका नाममा रहेको ५० लाख रुपैयाँभन्दा बढी कर्जा असुल हुन नसकेपछि सार्वजनिक सूचना प्रकाशित गरेको हो।

 

प्रकाशित सूचनाअनुसार ओखलढुंगाका गुरुङ दम्पतीलाई निर्धारित समयभित्र सम्पूर्ण कर्जा, ब्याज तथा अन्य दायित्व भुक्तानी गर्न आग्रह गरिएको छ। पटक–पटक मौखिक तथा लिखित ताकेता गर्दा पनि कर्जा नियमित नभएपछि बाध्य भएर सार्वजनिक सूचना जारी गरिएको बैंकले जनाएको छ।

 

बैंकले तोकिएको अवधिभित्र ऋण फर्छ्योट नगरे नेपाल राष्ट्र बैंक कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्न सिफारिस गरिने चेतावनीसमेत दिएको छ।

 

त्यस्तै, धितोमा राखिएको सम्पत्ति लिलाम बिक्रीमार्फत कर्जा असुलउपर गरिने र आवश्यक परे थप कानुनी प्रक्रिया अघि बढाइने उल्लेख गर्दै बैंकले ३५ दिनभित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गर्न ऋणी तथा जमानीकर्तालाई आग्रह गरेको छ।

civil hospital
Hams Hospitals