हाइकुहरू

351
shares

 

१)

मन्दिरको भीड
मनभित्र बजार छ
ईश्वर सेल अफर।

२)
शान्तिको नारा
कुर्सीको अभ्यासमा
क्रोध मुस्कुरायो।

३)
सत्यको किताब
फोटो मात्र पूजा छ
पृष्ठ खाली छ।

४)
धर्मको चोला
नीति भाडामा गयो
आदर्श लिलाम।

५)
सन्तको बोली
भ्रष्टताको माला छ
मौन व्यापार।

६)
ज्ञानको दीप
धुवाँमा हरायो अब
अन्धकार शिक्षित।

७)
सेवाको वाचा
फाइलमै थन्किएको
मानवता व्यस्त।

८)
करुणा लेखे
हस्ताक्षर त तलुवा
मन त ठेक्कामा।

९)
आत्मा खोज्दैछ
पासपोर्ट हरायो रे
संसारको लाइन।

१०)
ध्यानको घडी
घामसँग सौदा गर्छ
शान्ति डाटा छ।

११)
सत्यको बाटो
टोलमा सिसिटिभी
मन अज्ञात छ।

१२)
साधुको वाणी
स्टेजमा मात्र चम्किन्छ
घर मौन छ।

१३)
धर्मको ब्यानर
भीडले बेचिरहेछ
विवेक छुट छ।

१४)
शुद्ध विचार
स्लोगनमा बाँचिरहेको
कर्म लाज मान्छ।

१५)
प्रार्थनाको स्वर
भ्रष्टाचारको गीतमा
ताल मिलेको छ।

१६)
आचरण लेख्छ
तर फाइल फिर्ता आउँछ
चरित्र अपग्रेड।

१७)
आध्यात्मिकता
नेटवर्क सिग्नल जस्तो
कनेक्ट छैन रे।

१८)
मानवताको घर
भित्तामा आदर्श छ
भित्र सुनसान।

 

civil hospital
Hams Hospitals