हाइकुहरू
वि.सं.२०८३ जेठ १४ बिहीवार
246
shares
shares
१.
इच्छा विस्फोट
मनको आकाश चिर्यो
चेतना उज्यालो ।
२.
मोहको क्षेप्यास्त्र
अहंकार भत्किन्छ
शान्ति अवतरण ।
३.
स्वार्थको ज्वाला
वैराग्यले निभायो
आत्मा प्रज्वलित ।
४.
अन्तरिक्ष मन
इच्छा धुलो झर्छ
प्रकाश फैलिन्छ ।
५.
त्यागको प्रहार
बंधन सबै चकनाचूर
स्वतन्त्र चेतना ।
६.
कर्मको शक्ति
फलमोह टुटेर गयो
मार्ग निर्मल ।
७.
लोभको किल्ला
ध्यानले ढाल भत्कायो
शान्ति विजयी ।
८.
अन्तर्युद्ध सकियो
इच्छा पराजित भयो
आत्मा विजेता ।
९.
विचार प्रहार
अहंकार ध्वस्त भयो
विवेक उदायो ।
१०.
मुक्तिको उडान
इच्छा पृथ्वीमै छुट्यो
चेतना आकाश।






















