विवादित कर व्यवस्थामा अर्थमन्त्रीको बचाउ : ‘मिस्टेक मेरो होइन, कर्मचारीको हो’

474
shares

काठमाडौं । आर्थिक विधेयकमा कर तथा शुल्कका दरसम्बन्धी विषयमा उठेको विवादबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले त्रुटि भएको स्वीकार गरेका छन्। तर उक्त गल्ती आफूबाट नभई कर्मचारीहरूले काम गर्ने क्रममा भएको भन्दै उनले त्यसको प्रतिरक्षा भने आफूले गर्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकमा एक स्थानमा करको दर र अर्को स्थानमा शुल्कसम्बन्धी व्यवस्थामा त्रुटि भएको स्वीकार गरे। उनले आफूले कुनै विषय जानाजान परिवर्तन नगरेको दाबी गर्दै त्रुटिको कारण कर्मचारीस्तरको कमजोरी रहेको बताए।

‘अर्थमन्त्रीले टाइप गरेर बिगारेको होइन। म मन्त्रालयको गार्डियन हुँ, त्यसैले कर्मचारीले गरेको गल्तीको पनि जिम्मेवारी मैले लिनुपर्छ,’ वाग्लेले भने। उनले बिहान ४ बजेसम्म काम गर्ने क्रममा कर्मचारीबाट केही विषय छुट्न पुगेको दाबी गरे।

अर्थमन्त्रीका अनुसार त्रुटिबारे जानकारी पाएलगत्तै जेठ १७ गते संघीय संसद् सचिवालयलाई पत्राचार गरेर आवश्यक सुधारका लागि आग्रह गरिएको थियो। उनले जेठ १७ पछि आर्थिक विधेयकको कुनै पनि विषयवस्तु परिवर्तन वा संशोधन नगरिएको स्पष्ट पारे।

आर्थिक विधेयकमा कर तथा शुल्कका दर हेरफेर भएको विषयलाई लिएर संसद् र सार्वजनिक वृत्तमा चर्को प्रश्न उठिरहेका बेला अर्थमन्त्रीको यो अभिव्यक्तिलाई लिएर थप बहस सुरु भएको छ। विपक्षी दलहरू तथा सरोकारवालाले त्रुटिको वास्तविक कारण र जिम्मेवारीबारे स्पष्ट जवाफ मागिरहेका छन्।

civil hospital
Hams Hospitals