मुख्यसचिवमा गोविन्दबहादुर कार्कीको नियुक्ति
वि.सं.२०८३ असार २४ बुधवार
357
shares
shares
काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कार्यरत सचिवमध्ये वरिष्ठ रहेका कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।
हालका मुख्यसचिव सुमनराज अर्याल शुक्रबारदेखि अनिवार्य अवकाशमा जाने भएपछि रिक्त हुने पदमा कार्कीलाई जिम्मेवारी दिइएको हो।
मुख्यसचिवका रूपमा कार्कीले अब संघीय निजामती प्रशासनको नेतृत्व गर्दै सरकारका प्रशासनिक कामकारबाहीको समन्वय, नीतिगत कार्यान्वयन तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने जिम्मेवारी सम्हाल्नेछन्। सरकारले उनको नियुक्तिसँगै प्रशासनिक नेतृत्वमा नयाँ अध्याय सुरु भएको जनाएको छ।





























