आजबैंक, वित्तिय संस्थादेखि व्यक्तिसम्मको लुटधन्दा जारी, राज्य मौन !

312
shares

देशभरिका लघुवित्त पीडितहरु भेला भएर काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् । उनीहरु भन्छन्–‘लघुवित्तले हाम्रो करोडौंको जायजेथा लाखमै खाइदियो । चर्को ब्याज र सेवाशुल्क असुलेर सडकछाप बनाइदियो । हामी आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छौं ।’ पीडितहरुका अनुसार लघुवित्तले तीन प्रतिशत सेवाशुल्कसँगै एक लाखकै ३० हजारसम्म ब्याज असुलेको छ ।

लघुवित्तबाट पीडित हुने हजारौंको संख्यामा छन् । उनीहरुले करोडौंको सम्पत्ति लाखमा गुमाएका छन् । यसैगरी बैंक, सहकारी, फाइनान्सबाट पनि थुप्रैले आफ्नो जायजेथा गुमाएका छन् । कर्जा दिएबापत २० प्रतिशत कमिशन, ४८ देखि ८० प्रतिशत ब्याज, तीन प्रतिशत सेवा शुल्कका कारण धेरैले आफ्नो करोडौंको धितो केही लाख ऋणमै गुमाएका छन् । जसको ज्वलन्त उदाहरण हो, सिन्सियर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ ।

सिंहदरबारनजिकै पुतलीसडकमा रहेको यो सहकारीको २६ वर्ष अर्थात् ०५७ मंसिर २९ गतेदेखि लुटधन्दा जारी छ । सहकारीका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचार्य छन् । यी तीन हर्ताकर्ताको मिलीभगतमा सिसिन्यरले ठग्दै आएको छ । यो सहकारीमा बैंकभन्दा ठूलो पुँजी छ ।

व्यापारीदेखि राजनीतिक दलका नेता, सरकारी कर्मचारी, कानून व्यवसायी, गुण्डासम्मले सिन्सियरमा पैसा जम्मा गरेका छन् ।स्रोत नखुलेको, भ्रष्टाचार गरिएको वा गैरकानूनी रुपमा आर्जित रकम यो सहकारीमा राख्ने गरिएको आरोप छ । यता, कर्जा लिने पनि उत्तिकै छन् । सिन्सियरले विशेषगरी ट्याक्सीलाई कर्जा दिँदै आएको छ ।३० लाख मूल्यको ट्याक्सीलाई १८ लाख कर्जा दिइन्छ । त्यसबापत २७ हजार कमिशन खाइन्छ । कर्जाको सेवाशुल्क तीन प्रतिशत, ब्याज ८० प्रतिशतसम्म असुलिन्छ । जबकी कर्जा दिने बेला सेवाशुल्क एक प्रतिशत र ब्याज १४ प्रतिशत भनिएको हुन्छ । यतिमात्र होइन, धितोको जबरजस्ती बीमा गर्न लगाइन्छ, सँगै वर्षेपिच्छे नवीकरण ।

ऋणीले किस्ताबापत तिरेको रकम बचत खातामा जम्मा गरिदिइन्छ । र, पेनाल्टी, हर्जाना हालिन्छ । सिन्सियरले केसम्म गर्दैन–ऋणीलाई पत्तो नै नदिई धितो लिलाम गर्छ । कर्जा दिने बेला नै ऋणीलाई खाली नेपाली कागजमा हस्ताक्षर र ल्याप्चे गर्न लगाइन्छ । अनि तीन किस्ता नतिर्नेबित्तिकै सूचनाबिनै सोही हस्ताक्षर र ल्याप्चे प्रयोग गरेर धितो लिलाम गरिन्छ ।

जबकी कानूनअनुसार धितो लिलामपूर्व ऋणीलाई जानकारी दिनुपर्छ । राष्ट्रिय पत्रपत्रिकामा ३५ दिने सूचना निकाल्नुपर्छ । तर, सिन्सियरले यी कुनै प्रक्रिया पूरा गर्दैन । ऋणीले आफ्नो धितो लिलाम भएपछि मात्र थाहा पाउँछन् । सिन्सियरका कारण हजारौं पीडित भएका छन् । उनीहरुले आफ्नो करोडौंको धितो लाखमा गुमाएका छन् । सँगै कालोसूचीमा समेत परेका छन् । त्यो सहन नसकेपछि कतिपयले आत्महत्याको बाटोसमेत रोजेका छन् ।

सिन्सियरबाट ऋणी त पीडित भएकै छन्, सँगै बचतकर्तासमेत पीडित भएका छन् । खातामा जम्मा गरिएको रकम नै गायब हुने गरेको उनीहरुको गुनासो छ । यो त एउटा उदाहरणमात्रै हो । बैंक, वित्तिय संस्थाका कार(ा थुप्रै मानिस सुकुम्बासी हुन पुगेका छन् । मानिसहरुले विभिन्न कामका निम्ति ऋण लिन्छन् । पहुँच, पावर नलगाई वा घुस नदिई बैंक, वित्तिय संस्थाबाट कर्जा पाइँदैन ।

तीन करोडको धितो राखेर बल्लतल्ल एक करोड कर्जा पाइन्छ । त्यसमा पनि दशदेखि पन्ध्र लाख कमिशन खुवाउनुपर्छ । सेवासुविधा तीन प्रतिशत र ब्याज ८० प्रतिशतसम्म पहिल्यै काटिन्छ । उता, धितो रोक्का राख्न पनि पैसा खर्च हुन्छ । कर्मचारी काम गर्न मान्दैनन्, लेखनदासमार्फत गराउन घुस खुवाउनुपर्छ । यी सबै काम गरेपछि ऋणीको हातमा जम्मा ७५ लाख पैसा पर्छ । र, त्यसबाटै काम शुरु गरिन्छ ।

कर्जाको शुरुवाती दिन अर्थात् एक–डेढ वर्षसम्म ऋणीले लगातार किस्ता तिर्छ । नियमित किस्ता तिरेर ५० लाखमा झारिसकेको अवस्थामा घरायसी समस्या वा मन्दीका कारण किस्ता तिर्न नसक्नेबित्तिकै बैंक, वित्तिय संस्थाले धितो लिलाम प्रक्रिया अघि बढाइहाल्छन् । अनि तीन करोडको धितो ५० लाखमै पचाइन्छ । धितो जोगाउन ऋणीले थप ऋण माग्दा दिन मानिँदैन । अनि ऋणी सुकुम्बासी हुन पुग्छन् ।

सहकारीबाट ६३ लाख, बैंकबाट २२ लाख, लघुवित्तबाट २७ लाख सर्वसाधारणले कर्जा लिएका छन् । व्यक्तिबाट मीटरब्याजमा कर्जा लिने पनि लाखौंको संख्यामा छन् । उनीहरुले एक लाखकै मासिक पाँच हजारदेखि ३० हजारसम्म क्याज तिर्छन् । बैंकहरुले घुस खाएर एउटै व्यक्तिलाई ७५ अर्बसम्म कर्जा दिएको पाइन्छ, त्यो पनि खेतीयोग्य जमिन, डाँडाकाँडा धितो राखेर ।

प्ूार्वी नवलपरासीको गैँडाकोटस्थित भृकुटी कागज उद्योगको जग्गा धितो राखेर बैंकले अर्बौ कर्जा प्रवाह गरेको छ । यो त एउटा उदाहरणमात्र हो । उद्योग, कलकारखाना, सरकारी, गुठी, ऐलानी, हदबन्दी बढीलगायतका जग्गासमेत धितो राखेर बैंकहरुले अर्बौ कर्जा दिएको छ । सँगै मठमन्दिर, खोलानाला, राजपरिवार, ढुंगेधाराजस्ताको जग्गा पनि धितो राखेर ऋण दिइएको छ । पछिल्लो समय बैंक, वित्तिय संस्थाको कर्जा तिर्न नसकेर कालोसूचीमा पर्ने बढ्दो छन् । हाल पाँच लाख बढी ऋणी कालोसूचीमा परिसके । यो संख्या उकालो लागिरहेको छ ।

बैंक, वित्तिय संस्थाको कर्जा लगानी घरजग्गासँगै गाडी र सेयरमा छ । चार–पाँच दशकअघि रोपनीको दश हजारमा नबिक्ने खेतीयोग्य जमिन धितो राखेर करोडौं कर्जा प्रवाह गरिएको छ । कबाडीले एक रुपैयाँ किलोमा नलैजाने फलाम, सिसा, फर्म, रबरलगायतबाट बनेको गाडी धितो राखेर लाखौं कर्जा दिइएको छ । यतिमात्र होइन, बैंक आफैंले एक सय रुपैयाँ कित्तामा निष्काशन गरेको सेयर धितो राखेर २८ सयसम्म कर्जा प्रवाह गरेको छ ।

अनि नडुबे के हुन्छ ! सहकारी यिनै क्षेत्रमा लगानी गर्दा भाग्नुपर्यो, डुब्यो । अब बैंकको पालो नजिकिँदैछ । यता, राजधानी काठमाडौंमै अहिलेपनि मीटरब्याजमा पैसा लगाउने क्रम जारी छ । तर, सरकार देख्दैन । शोषक, सामान्ती, सुकिलामुकिलाहरुले गरिब जनतालाई लुटिरहेका छन् । सरकार भने निदाएर बसिरहेको छ । त्यस्ता ठगहरुलाई कारबाही गरिन्छ न पीडितहरुलाई न्याय दिइन्छ ।

civil hospital
Hams Hospitals