रेडक्रसमा राजनीतिकरण : रास्वपानिकटलाई ल्याउन पुराना  हटाइए

30.7K
shares
Nabil bank

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीमा पटक–पटक तदर्थ समिति गठन र पुनर्गठन हुँदै आएपछि संस्थाको स्वायत्ततामा प्रश्न उठेको छ ।

पछिल्लो पटक गठन गरिएको तदर्थ समितिमा अघिल्लो समितिमा रहेका कोषाध्यक्षसहित केही सदस्यलाई हटाएर नयाँ व्यक्तिलाई जिम्मेवारी दिइएको छ। नयाँ नियुक्तिमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट मानिएका व्यक्तिलाई प्राथमिकता दिइएको हो ।

नयाँ कोषाध्यक्षका रूपमा ल्याइएका कविन्द्र कार्की रास्वपाको पक्षमा सार्वजनिक रूपमा वकालत गर्दै आएका व्यक्ति हुन् । उनीसँगै अघिल्लो तदर्थ समितिमा रहेका दुई सदस्यलाई समेत हटाइएको छ।

हटाइएका व्यक्तिहरू रास्वपाको सदस्य नभएकै कारण उनीहरूलाई जिम्मेवारीबाट हटाइएको आरोपसमेत लागेको छ। यद्यपि, उनीहरूलाई हटाउनुको औपचारिक कारण भने तदर्थ समितिको निर्णय वा सम्बन्धित निकायले सार्वजनिक रूपमा स्पष्ट पारेको छैन।

रोचक पक्ष के छ भने, अघिल्लो पटक स्वयं राजनीतिक नेतृत्वको पहलमा गठन भएको भनिएको समितिमा रहेका व्यक्तिलाई नै यसपटक हटाएर नयाँ अनुहार ल्याइएको छ। यसले रेडक्रसजस्तो मानवीय तथा गैरराजनीतिक संस्थामा राजनीतिक पहुँच र दलीय निकटता हावी हुन थालेको हो कि भन्ने प्रश्न उठाएको छ।

रेडक्रसको मूल उद्देश्य मानवीय सेवा हो। यस्तो संस्थाको नेतृत्व तथा व्यवस्थापनमा राजनीतिक दलको सदस्यता वा निकटतालाई आधार बनाइएको हो भने त्यसले संस्थाको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाउन सक्छ।

 

यो पनि पढ्नुहोस् हटाउनु भयो की:

 

पवित्र रेडक्रसमा अपवित्र हर्कत 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x