ओलीको केन्द्रीय कमिटी बैठक नौटङ्की

27.7K
shares
Nabil bank

काठमाडौं,  । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीको बहुमत आफूहरुसँग रहेको बताएका छन् । साथै उनले पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठक नौटंकी मात्र भएको बताएका छन ।

प्रधानमन्त्रीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकले पुस ७ गते १ बजे केन्द्रीय कमिटी बैठक बोलाउने र पार्टी अध्यक्ष ओलीमाथि अनुशासनको कारबाही गर्ने प्रस्ताव लैजाने निर्णय गरेको थियो । यो बैठकमा स्थायी कमिटीका ४५ मध्ये ३१ सदस्य उपस्थित थिए ।

प्रधानमन्त्री ओलीले भने भोलि विहान ९ बजे केन्द्रीय कमिटीको छुट्टै बैठक बोलाएका छन् ।

पार्टीका अध्यक्ष ओलीले बालुवाटारमा केन्द्रीय समितिको बैठक बोलाएको आफूले पनि जानकारी पाएको प्रचण्डले बताएका छन । बानेश्वरमा बहुमत सांसदहरुको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हामी केन्द्रीय कमिटीको बैठकमा जाँदैछौं भनेर हामीले हिजै स्थायी समितिको बैठकबाट निर्णय गरिसकेका छौं । त्यो निर्णय निर्वाचन आयोगलाई औपचारिक रुपमा जानकारी गराइसकिएको छ ।’

हिजो पार्टी एकता गर्दाका ४४१ जनाको हस्ताक्षरसहितको सूची निर्वाचन आयोगमा रहेको भन्दै उनले भने, केन्द्रीय कमिटीको वैधानिकता अथवा बहुमतको स्थिति के हो भन्ने विचार नगरी निर्वाचन आयोगबाट कुनै कदम चालिने छैन भन्ने विश्वास पनि लिएका छौं । त्यसकारण हामीले धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन ।’

केन्द्रीय समितिको अत्यधिक बहुमत आफूहरुसँग रहेकाले बैधानिकताको प्रश्न नउठ्ने उनले बताएका छन । ‘मलाई लाग्छ झण्डै दुई तिहाई हामी छौं’ उनले भने, ‘त्यसकारण वैधानिकतामा कुनै सवाल उठ्न सक्दैन । भोलि १ बजे कार्की पार्टी प्यालेसमा बस्ने केन्द्रीय समितिको बैठक नै वास्तविक हुन्छ । बालुवाटारमा बोलाइएको ९ बजेको कथित बैठक नौटंकीबाहेक केही हुँदैन ।’

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x