सानेपामा नेपाली कांग्रेसको सर्वदलीय बैठक सुरु
वि.सं.२०७७ पुस ६ सोमवार
shares
काठमाडौं, । संसद विघटनविरुद्धमा रणनीति तय गर्न नेपाली कांग्रेसको आव्हानमा सर्वदलीय बैठक बसेको छ । कांग्रेस पार्टी कार्यालयमा सानेपामा बैठक जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै आगामी रणनीति तय गर्न बैठक बोलाएको कांग्रेसले जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरु पनि सहभागी छन् । अन्य दलका नेताहरु सहभागी सो बैठकमा ओली पक्षका नेताहरु सहभागी छैनन् ।
संसद विघटनको घोषणापछि सर्वत्र विरोध भइरहेको छ । राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको भन्दै कार्यकारी अध्यक्ष प्रचण्डले विज्ञप्तिमार्फत विरोध जनाइसकेका छन् ।
नेपाली कांग्रेस पनि संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक कदम भएको भन्दै विरोध जनाइसकेका छन् ।
बैठकमा सरकारविरुद्धको रणनीति तय गर्नुका साथै संयुक्त रुपमा विरोधका कार्यक्रम अघि बढाउन सकिने वा नसकिने भन्ने विषयमा छलफल हुने एक नेताले बताएका छन ।





























